साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकको सम्मान गर्दै विशेष कार्यक्रम

करिब एक सय जना ज्येष्ठ नागरिकको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य, सामाजिक उत्तरदायित्व, आध्यात्मिक चेतना र ज्येष्ठ नागरिकप्रतिको सम्मानका विषयमा महत्वपूर्ण विचारहरू प्रस्तुत गरिए।

Nepal Telecom ad

काठमाडौँ । कुलेश्वर आवास परिवार कल्याण संस्थाको नियमित ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिताका बीच संस्थाका अध्यक्ष राजु दाहाल शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।

करिब एक सय जना ज्येष्ठ नागरिकको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य, सामाजिक उत्तरदायित्व, आध्यात्मिक चेतना र ज्येष्ठ नागरिकप्रतिको सम्मानका विषयमा महत्वपूर्ण विचारहरू प्रस्तुत गरिए।

कार्यक्रममा संस्थाका निर्वर्तमान अध्यक्ष लोकनाथ पोखरेल, उपाध्यक्ष रामकुमार श्रेष्ठ (राम विनय) उमा श्रेष्ठ पोखरेल, सल्लाहकार ,नवीनबहादुर श्रेष्ठ, माधवलाल श्रेष्ठ, वेणि माधव ग्यावाली, योग समिति संयोजक विद्यालक्ष्मी श्रेष्ठ लगायत विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा ज्येष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष प्रा. डा. बालकृष्ण थापा (मगर) तथा अतिथिका रूपमा ब्रह्मकुमारी राजयोग कुलेश्वरकी सञ्चालिका मन बस्नेत सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन रामचन्द्र श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. थापा मगरले ज्येष्ठ नागरिकहरूको बढ्दो संख्या र उनीहरूको स्वास्थ्य तथा सामाजिक सुरक्षाप्रति समयमै संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले ज्येष्ठ नागरिक चौतारीको अवधारणा र उद्देश्यबारे प्रकाश पार्दै ,हाल सम्म ९ वटा कार्यछेत्र बिस्तार गरि, बिस्तारै,७७ जिल्लामा नमुना को रुपमा निःशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य सचेतना तथा ज्येष्ठ नागरिकसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने योजना समेत रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार नसर्ने रोगहरूलाई समयमै पहिचान र रोकथाम गर्न सके अन्धोपन, हृदयघात, मस्तिष्कघात, मिर्गौलासम्बन्धी समस्या तथा मधुमेहका कारण हुने गम्भीर जटिलता घटाउन सकिन्छ। यसबाट व्यक्तिको स्वास्थ्यसँगै परिवार, समाज र राष्ट्रमाथि पर्ने ठूलो आर्थिक बोझसमेत कम गर्न सकिने उहाँको भनाइ थियो।

नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेको र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा कार्य गरेको आफ्नो अनुभव सुनाउँदै डा. थापा मगरले विदेशमा रहेका अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले नेपाल फर्किएर सामाजिक सेवामा सक्रिय भएको बताउनुभयो। विशेषगरी विद्यालय तहका कक्षा १०, ११ र १२ का विद्यार्थीहरूलाई उत्प्रेरणा, परामर्श र प्रशिक्षण प्रदान गर्दै युवालाई नेपालमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले जोड दिनुभयो।

“आजका युवा विदेशिँदै जाने र ज्येष्ठ नागरिकको संख्या मात्र बढ्दै जाने हो भने भोलिको नेपाल कस्तो होला?” भन्ने गम्भीर प्रश्न उठाउँदै उहाँले युवालाई देशमै बस्ने, काम गर्ने र आफ्नो भविष्य निर्माण गर्ने अवसर सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। देशलाई खाली हुन नदिई पुस्तौँपुस्तालाई जोड्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको सन्देश थियो।

त्यसैगरी अतिथि मन बस्नेतले बालबालिका, ज्येष्ठ नारी र सम्पूर्ण मानव जीवनमा शान्ति, सद्भाव र सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो। उहाँले ‘म को हुँ?’ भन्ने आत्मचिन्तनमार्फत मानिसले आफूभित्रको शक्ति र जिम्मेवारी पहिचान गर्न सक्ने उल्लेख गर्दै ब्रह्मकुमारी राजयोग तथा आध्यात्मिक ज्ञानले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।

कार्यक्रमले ज्येष्ठ नारीहरूलाई केवल उमेरले ज्येष्ठ नभई अनुभव, ज्ञान र संस्कारका जीवित धरोहरका रूपमा सम्मान गर्नुपर्ने सन्देशसमेत दिएको थियो। स्वास्थ्य, आत्मीयता, आध्यात्मिक चेतना र सामाजिक सेवाबीचको सुन्दर समन्वयले कार्यक्रमलाई विशेष र अर्थपूर्ण बनाएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्री राजु दाहाल शर्माले सहभागी सम्पूर्ण ज्येष्ठ नारी, अतिथि तथा संस्थाका पदाधिकारी एवं सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै मन बस्नेत तथा उहाँका दिदीबहिनीहरूले आफ्ना आमाबुवाको स्मरणमा प्रसादको व्यवस्था गरी ज्येष्ठ नारीहरूलाई ग्रहण गराउनुभएकोमा उहाँ तथा उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

०००
राजु दाहाल शर्माकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x