फित्काैली डटकमअनुपमकाे १६१औँ शृङ्खला भाेटेकाेशी बाढीविशेष
कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा डा बम बहादुर थापा जितालीकाे प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।
काठमाडाैं । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १६१औँ बाढी विशेष मासिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा डा बम बहादुर थापा जितालीकाे प्रमुख आतिथ्यमा प्रविधिकाे माध्यमबाट सम्पन्न भयो ।
संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।
कविगोष्ठीमा विभिन्न छन्दका कविता कविहरूले वाचन गरे । उपस्थित प्राय कविहरुले देशमा भएकाे प्राकृतिक बिपत्ति बाढीकाे बारेमा तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, डा बम बहादुर थापा, नरनाथ लुइँटेल, सुधा बाँस्कोटा ढकाल, जगदिश्वर पाेखरेल, बिनुबाबा घिमिरे, चन्द्रा न्याैपाने, उषा खनाल, दुर्गा अधिकारी रिमाल, जनार्दन अधिकारी धड्कन आदि हुनुहुन्थ्यो ।
स्रष्टा गंगा लिगलले उपस्थित हुन नसके पनि कविता पठाउनु भएकाे थियाे । सञ्चालक सुधा बाँस्कोटा ढकालले साे कविता वाचन गर्नुभएकाे थियाे ।
सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । समय अनुसार मार्मिक कविता वाचन भएकाे बताउनु भयाे ।
कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
०००
सुधा बाँस्काेटाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest




































