साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका युवा बालक छन् बिहाल

दुख्दै गरेको अब घाउ मेटौँ । सक्नेहरूले अनि गाँस काटौँ । लागोस् सबैको घरभित्र घाम । पाका युवा बालक छन् बिहाल ।।

Nepal Telecom ad

जुनू घिमिरे :

उर्लेर आयो जग थर्थरायो ।
खोला किनारा सब गड्गडायो ।।
काम्यो धरा नै जनमा विलाप ।
पाका युवा बालक छन् बिहाल ।।

साँच्चै दुखायो अमिलो छ आँसु ।
सारा रुँदै छन् कसरी म हाँसूँ ?
नास्यो सयौँको घरवार साथ ।
पाका युवा बालक छन् बिहाल ।।

गर्जेर आयो भुमरी सरी त्यो ।
एकै घडीमा दुनियाँ उडायो ।।
हे दैव ! तेरो बुझिएन चाल ।
पाका युवा बालक छन् बिहाल ।।

सोच्नै नसक्ने किन घाउ दिन्छौ ?
हे दैव ! हाम्रो कति जाँच लिन्छौ ?
एकै बनायौ सबको चिहान ।
पाका युवा बालक छन् बिहाल ।।

दुख्दै गरेको अब घाउ मेटौँ ।
सक्नेहरूले अनि गाँस काटौँ ।
लागोस् सबैको घरभित्र घाम ।
पाका युवा बालक छन् बिहाल ।।

०००
भक्तपुर, दुवाकोट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 month ago

घाउ कहिले खोइ पुरिएला
ओभाउने हुन् कसरी परेला
चस्किन्छ छाती सुनी चालमाल
दैव गरिस् यो कसतो बबाल

Nepal Telecom ad
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
1
0
Would love your thoughts, please comment.x
()
x