साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्नेहले खुसाउने बुबामुमा सुखी रहून् !

दीर्घ आयु होस् बुबा ! भनी सिँयाल साँच रे ! स्वस्थ जिन्दगी रहोस् मुमा ! भनोस् न आँतले दु:ख कष्ट बिर्सिँदै अखण्ड सान्त्वना दिऊन् स्नेहले हँसाउने बुबामुमा सुखी रहून् !

Nepal Telecom ad

पदम दाहाल :

हाँसखेल हो जुनी डुलाउने दुबै थियौ
बाल्यकालमा खुबै खुसाउने खुसी दियौ
प्यार हौसला दिने पढाउने प्रकाश हुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् !।१।

भोक प्यास रोग ती हटाउने थियो र को ?
हेरचाह चौगुना सघाउँथे अरू र को ?
थातबास जोड्नमा निमग्न मग्न चाल झन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून्!।२।

अर्मपर्म झैँ बुझौँ बढेर बोट भैदिँदा
खोट चोट टाल रे मिठास बोक सर्वदा
होस राख वंश हो! नराख जोश ध्वंस हुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ! ।३।

ज्येष्ठ श्रेष्ठ बुद्ध हुन् विवेक बुद्धिले चलौँ
दुष्टता विषाद हुन् नुहेर नम्रता भरौँ
बाल वृद्ध बिर्सिने कठोर कर्मणा घटून्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् !।४।

दीर्घ आयु होस् बुबा ! भनी सिँयाल साँच रे !
स्वस्थ जिन्दगी रहोस् मुमा ! भनोस् न आँतले
दु:ख कष्ट बिर्सिँदै अखण्ड सान्त्वना दिऊन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् !।५।

०००
मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x