पदम दाहालदसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
महापर्वणीमा जुरोस् भेटघाट भवानी प्रसन्नै हऊन् मिल्छ लाख । सदा स्नेह गाँसौँ नहोऊन् अस्वस्थ दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठ साथ ।।
पदम दाहाल :
विदेशै पुगेका फिरून् यै दसैँमा
स्वदेशै बसेका रमाऊन् रसैमा !
घरै आँगनी त्यो खुसाओस् अगाध
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।१।।
हजारौँ सखीका जुनी बासमा हुन्
सबै वृद्ध दिक्दार जो आँतमा हुन् !
दसैँले सिलाओस् शुभेच्छा हमेशा
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।२।।
महापर्वणीमा जुरोस् भेटघाट
भवानी प्रसन्नै हऊन् मिल्छ लाख ।
सदा स्नेह गाँसौँ नहोऊन् अस्वस्थ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठ साथ ।।३।।
बफादार मिष्ठान्न ल्याऊन् कसेर
सदाचार आधार देऊन् बसेर ।
भुरा बालबाला रमाऊन् समस्त
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।४।।
हराऊन् नहुन् कष्ट बेथा निरास
विवेकी बनी नित्य जोडौँ मिलाप ।
गरूँ वन्दना श्रेष्ठ हुन् तन्दुरुस्त
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।५।।
०००
मादी, सङ्खुवासभा
हाल: लोकन्थली, भक्तपुर।
Subscribe
Login
0 Comments
Oldest









































