साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओखल्ढुङ्गा कला साहित्यको नवौँ वार्षिकोत्सव सप्पन्न

समाजको नवौँ वार्षिकोत्सव काठमाडौं महानगर पालिका वडा नं.६ बौद्ध टुसाल स्थित सेप्स चोइस रेष्टुरेन्टमा सुसम्पन्न गरियो ।

Nepal Telecom ad

काठमाडौं । ओखल्ढुङ्गा कला- साहित्य समाजको नवौँ वार्षिकोत्सव काठमाडौं महानगर पालिका वडा नं.६ बौद्ध टुसाल स्थित सेप्स चोइस रेष्टुरेन्टमा सुसम्पन्न गरियो ।

संस्थाका अध्यक्ष गोपाल विश्वकर्मा सभापति तथा संस्थाका संरक्षक सीताराम गुरुङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमका अतिथिका रूपमा संरक्षक राजेन्द्र गहतराज, संरक्षक कृष्ण तामाङ, सल्लाहकारहरू साहित्यकार विनोद दाहाल वत्स, लोक गायक माधव दाहाल, व्यङ्ग्य कवि डिल्लीप्रसाद मूलतिहुन, लोक गायक बलबहादुर परियार, संङ्गीताकार राज राई, रामप्रसाद दाहाल, लोकगायक शक्ति श्रेष्ठ तथा नव हाँस्यव्यङ्ग्यकार अर्जुन पोखरेल रहनुभएको थियो ।

रोकेमी राई र गीता सेन्चुरीले पाहुनालाई खादाले स्वागत गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष जितेन्द्र बाँनियाले शब्दद्वारा उपस्थित पाहुनालाई स्वागत गर्नुभएको थियो । बुद्धिष्ट परम्परा अनुसार प्रमुख अतिथिद्वारा छुमी बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । राष्ट्रियगानसँगै प्रारम्भ गरिएको कार्यक्रममा मुलुकमा आएको बाढीले दिवंगत हुने नागरिकको सम्झनामा एक मिनेट मौनधारण गरियो ।

समारोहमा महासचिव जीवन बोम्जन तामाङ र कोषाध्यक्ष सुस्मिता कटवालले आ-आफ्नो जिम्मेवारी अनुसार प्रस्तुत गरिएका प्रतिवेदन समारोहले सर्वसम्मतिले पारित गरेको थियो । राजेन्द्र गहतराजले समाजले गरेका हरेक गतिविधिमा आफ्नो साथ रहँदै आएको र आगामी दिनमा निरन्तरता रहने विचार व्यक्त गर्दै समाजको उत्तरोत्तर उन्नति प्रगतिको कामना गर्नुभएको थियो ।

साहित्यकार विनोद दाहाल वत्सले संस्था दरिलो बनाउन सबैको साथ सहयोग र हातेमालो आवश्यक रहेको विचार व्यक्त गर्दै ओखल्ढुङ्गा कला साहित्य समाज सबैलाई समेट्दै अझै उचाईमा पुगोस् भन्ने शुभकामना दिनुभएको थियो । हाँस्यब्यङ्ग्यका नव प्रतिभा अर्जुन पोखरेलले आफ्नो शुभकामनासँगै केही हाँस्य प्रस्तुत गर्नुभएको थियो । हालै भैरव पुरस्कार जस्तो गरिमामय सम्मान प्राप्त गर्ने ओखल्ढुङ्गामा जन्मिएका व्यङ्ग्य चित्रकार टेकवीर मुखियालाई संस्थाको तर्फबाट बधाई ज्ञापन गरिएको सूचना समारोहमा सुनाइएको थियो ।

संस्थाको परिचय खुल्ने ब्याच र पोसाक सहित उपस्थित समाजका अन्य पदाधिकारी आजीवन ,साधारण सदस्यहरू अनिसा खड्का ,सन्दीप रुम्बा तामाङ ,दीप गजमेर, गीता सेन्चुरी, रोकेमी राई,छविलाल वि क, उपस्थित हुनुहुन्थ्यो । समारोहका प्रमुख अतिथि सीताराम गुरुङले यस संस्थाको गतिविधिमा आफ्नो जीवनकाल भरि सकेको सहयोग गर्ने विचार व्यक्त गर्दै ओखल्ढुङ्गा सदरमुकाम नजिकै रहेको आफ्नो जग्गाबाट संस्थाको भवन निर्माणका निमित्त चारआना ओखल्ढुङ्गा कला – साहित्य समाजलाई प्रदान गर्ने घोषणा गर्दै अन्य गतिविधिमा समेत आफ्नो साथ सहयोग रहिरहने कुरा व्यक्त गर्नुभएको थियो ।

सभाध्यक्ष गोपाल विश्वकर्माले संस्थापक गम्बु शेर्पाले स्थापना गरेको यो संस्थाले हालसम्म आइपुग्दा एउटा पहिचान सहितको उचाइमा पुग्न सफल भएको र सबैको सल्लाह सुझावको कदर गर्दै आगामी यात्रा तय गर्ने जानकारी सहित सबैलाई धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गर्नुभएको थियो । कार्यक्रम संस्थाका महासचिव जीवन बोम्जन तामाङले गर्नुभएको थियो भने संस्थाले आवश्यक चिया खाजाको राम्रो ब्यवस्था मिलाएको थियो ।
०००
डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x