साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सालो किन करायो

आफ्नो काम सल्टाउने छिमेकीलाई पल्टाउने मान्छेका आँखा छलेर हिँड्छ हिरो बनेर मासु खाने जरायो सालो किन करायो ।

Nepal Telecom ad

भलादमी भोला :

सालो किन करायो
मेरो घरमा पाडो छ
पाडो जस्तै सालो छ
अलिअलि कालो छ
दानापानी हसुर्छ
खुट्टा मात्रै पसार्छ
लछारपाटो लाउँदैन
काम केही गर्न आउँदैन।

लामा लामा दारीलाई
मुसार्छ हात दुवै लगाई ।

जेल लगाई कपाल ठड्याउँछ
तेल लगाई कुरा चपाउँछ
टाँडमा सुत्छ घुरेर
कुरा गर्छ थुरेर
डालो लात्तीले बजायो
सालो किन करायो ।

बुइ चढ्ने भनेर
फुँई अनेक जानेका
डस्ना, तकिया बिझायो
राति ओछ्यान भिजायो
दोष अरुलाई थुपारी
सालो किन करायो ।

सूर्य छेक्ने उसको दाउ
घट्यो भन्छ सेयरको भाउ
लाल लाल आँखा पारेर
बलिन्द्र आँसु झारेर
छेउमा आउन लजायो
सालो किन करायो।

झोलामा खोला बोकेर
आफ्नै तालु ठोकेर
ठेक्का पट्टा पाउँछ रे
कमिसन धेरै आउँछ रे।

लगानी गर्न डरायो
सालो किन करायो ।

पैसा छाप्ने मिसिन छ
अनेक किसिम किसिम छ
घरमै दर्ता चलानी
के गरेको होला नि
पोल खोल्दा डरायो
सालो किन करायो ।

अरुभन्दा फरक बन्ने रे
हवस् हुन्छ भन्ने रे
आफ्नो काम सल्टाउने
छिमेकीलाई पल्टाउने
मान्छेका आँखा छलेर
हिँड्छ हिरो बनेर
मासु खाने जरायो
सालो किन करायो ।

०००

(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x