साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको

अरुको निन्दा गरेर आफ्नो निन्द्रा बिगार्छ। आफ्नो मानो खान्छ अर्काको छानो बिगार्छ टाउको अरुको लागि आफू किन पटक पटक मर्न चाहन्छ ?

Nepal Telecom ad

भलादमी भोला :

टाउको आफू माथि केही देख्दैन
त्यो जहिले निहुरिन्छ, घोप्टिन्छ
उसलाई माथि हेर्न लाज लाग्छ
तल हेर्दा आनन्द जाग्छ
तल हेर्दा
निन्दा गर्न पाइन्छ
-याल चुहाएर अर्काको
भाग चाख्न पाइन्छ
आलोचना गर्न पाइन्छ
उपदेश दिने गुरू भइन्छ
गलामा माला लगाउन पाइन्छ
सम्मानको स्वाद चाख्न पाइन्छ
टाउको
कानेगुजीको पिरामिड हो
त्यसले केही सुन्दैन
मस्तिष्कमा लेऊ लेपन गरेपछि
विचारहरू चिप्लेर झरिरहन्छन्
अचेल टाउकाहरु
केही सोच्न सक्दैन
यिनीहरू आफूमाथि जाँतो झुन्ड्याएर
निर्जीव भएका छन्
टाउकोले अरु धनी भएको देख्न सक्दैन
त्यस्तो देख्यो भने त्यो शिथिल हुन्छ
त्यसैले उसले माथि फर्केर हेर्दैन।
टाउकोलाई
आफू हल्लिन पनि साहारा चाहिन्छ
उसले अरूको डाह गरेर
आफ्नो ज्यान सुकाउँछ
अरुको निन्दा गरेर
आफ्नो निन्द्रा बिगार्छ।
आफ्नो मानो खान्छ
अर्काको छानो बिगार्छ
टाउको अरुको लागि
आफू किन पटक पटक
मर्न चाहन्छ ?

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x