साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभामुख महोदय

भिडियो कलमा भएपनि प्रधानमन्त्री बोलाइयोस् थिलथिलो भएको यो देशलाई स्लाइन पानी दिएर जुरुक्क उठाउन पनि हाइपर सांसदहरूलाई डाइपर किन्ने पैसा छुट्याइयोस्।

Nepal Telecom ad

भलादमी भोला :

सभामुख महोदय
सांसदले बैठकमा बिस्ट्याउन सक्छन्
हाइपर सांसदलाई डाइपर लगाइयोस्
तथानाम बोल्नेहरूको मुखमा
बाँसको फुर्लुङ लगाइयोस्।

सभामुख महोदय
बोल्नेहरूले के के बोलीसके
कोही मुसोले सिंहको दरबार भत्कायो भन्छन्
जनताका भान्साका समस्या छन्
भरि सिलिन्डर कहिले आउँछ कोही भन्दैन
बजारमा मँहगी छ
भाउ घट्नुपर्छ कोही भन्दैन।

करेन्टमा रेट बढाएर
सरकारले के गर्न खोजेको हो
कसैलाई मतलब छैन
संसदमा सांसद किन तातेका हुन्
एसी चलाइयोस् महोदय
खाजा कम भयो कि
पानी नपुगेको हो कि
भत्ताले गाडीभाडा तिर्न पुगेन कि
व्रत बसेकाहरूलाई फलफूल
सोध्नुहोस् महोदय
संसदका मायालु जोडीलाई
डेटिङका लागि कोठा छुट्याइयोस्
प्रधानमन्त्री नआएर
बैठक अवरुद्ध भएको छ।

भिडियो कलमा भएपनि
प्रधानमन्त्री बोलाइयोस्
थिलथिलो भएको यो देशलाई
स्लाइन पानी दिएर
जुरुक्क उठाउन पनि
हाइपर सांसदहरूलाई
डाइपर किन्ने पैसा छुट्याइयोस्।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x