भोलानाथ सुबेदीकर खोई ?
आकाश छेक्ने बादललाई कर खोई ? बाली खाने बाँदरलाई कर खोई ? जनतालाई कर लगाउन करकर गर्ने तँलाई कर खोई ?
भलादमी भोला :
सरकार
सासमा कर
आसमा कर
बासमा कर
लासमा कर
अब सुरु गर्नुपर्छ
सपनामा कर
प्रगतिमा कर
पौडदा कर
दौडदा कर
सबैलाई साक्षर बनाउन
पढाइमा कर
सबैलाई निरोगी बनाउन
स्वास्थ्यमा कर
अब प्रत्येकको बोलीमा
कर लगाउनुपर्छ
देश समृद्ध बनाउनुपर्छ ।
सरकार
उज्यालो दिने
सूर्यलाई कर खोई ?
बाढी पहिरो ल्याउने
बर्षालाई कर खोई ?
संसार जलाउने
आगोलाई कर खोई ?
आकाश छेक्ने
बादललाई कर खोई ?
बाली खाने
बाँदरलाई कर खोई ?
जनतालाई कर लगाउन
करकर गर्ने तँलाई
कर खोई ?
०००
ओखलढुङ्गा
(९८४३०५४१६१)
Subscribe
Login
0 Comments
Oldest





































