साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबार

विकासलाई बजेट छुट्याउँछ कहिले खन्छ कहिले पुर् उसले सिक्दा सिक्दै एक वर्षको बजेट कता हराउँछ त्यसैले त वर्षै पिच्छे बजेट खोज्न सिंहदरबार बजेट बनाउँछ ।

Nepal Telecom ad

भलादमी भोला

तिमीलाई थाहा छ
त्यो सिंहदरबारले
आफूलाई सिंह सम्झन्छ र
दरबारभित्रका अँध्यारा कोठीमा
गर्जेर बस्छ
सिंहदरबार निरक्षर छ
तर साक्षर छु भन्दै
हाम्रा छोराछोरीका लागि
कन्सल्टेन्सी खोल्छ र
विदेश पठाउन हामीलाई
बाध्य बनाउँछ
उत्पादन गर भन्छ बजार दिँदैन
अन्याय परे बोल भन्छ कान सुन्दैन
सचेत छु भन्छ अचेतका कुरा गर्छ
हाम्रो ढाडमा भाटा हान्छ
ऊ सुरक्षा घेरामा बस्छ।
तिमीलाई थाहा छ
सिंहदरबारको दृष्टि छैन
दूरदृष्टिका कुरा गर्छ
सिंहदरबारको गति छैन
गन्तव्यको खाका कोर्छ
सिंहदरबारले जनतालाई ढाँटेर
गाउँ गाउँमा सिंहदरबार भन्यो
गाउँमा घरबार भेटिँदैन
कहाँ भेटिन्छ सिंहदरबार ।
तिमीलाई थाहा छ
ऊ त नपढीकन पनि
कानुन बनाउँ
सरकार बनाउँछ
विकासलाई बजेट छुट्याउँछ
कहिले खन्छ कहिले पुर्
उसले सिक्दा सिक्दै
एक वर्षको बजेट कता हराउँछ
त्यसैले त वर्षै पिच्छे बजेट खोज्न
सिंहदरबार बजेट बनाउँछ ।

०००
सम्पर्क :-९८४३०५४१६१
ओखलढुंगा, लिखु गाउँपालिका १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x