पदम भण्डारीसपनाका ठेकेदार भएछन्
काम नगरी भाषणमा क्रान्ति ल्याउनेहरू, देश बनाउने सपनाका ठेकेदार भएछन्।५। वाह रे समय! कस्तो न्यायको बजार चलेछ, चोरहरू नै गाउँघरका चौकीदार भएछन्।
पदम भण्डारी :
देश लुट्नेहरू नै आज इमानदार भएछन्,
सत्य बोल्नेहरूचाहिँ दोषी र गद्दार भएछन्।१।
झूटको खेती गरेर महल ठड्याउनेहरू,
गरिबका झुपडीमा विकासका हकदार भएछन्।२।
जनताको आँसु बेचेर कुर्सी किन्नेहरू,
चुनाव जितेपछि देशकै पहरेदार भएछन्।३।
न्याय माग्नेहरूलाई प्रमाण खोजिन्छ यहाँ,
अन्याय गर्नेहरू भने जयजयकार भएछन्।४।
काम नगरी भाषणमा क्रान्ति ल्याउनेहरू,
देश बनाउने सपनाका ठेकेदार भएछन्।५।
वाह रे समय! कस्तो न्यायको बजार चलेछ,
चोरहरू नै गाउँघरका चौकीदार भएछन्।६।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































