पदम भण्डारीरिटायर भएपछिको सय दिन
जलेको मनको, कथा बन्छ अझै कठिन घडिका, दिन गन्छ अझै जिउनको अर्थ, पनि यहि होला बग्यो फर्किंदैन, जिवनको चोला ।

पदम भण्डारी :
बिते सय दिन, अँध्यारो छ उस्तै
अवयवहरु, चल्न थाले सुस्तै
सिंढीका खुटकिला, पनि मक्किएछ
सफलताको सिंढी, पनि सक्किएछ ।
भए लामा लामा, फुले दाह्री जुँगा
भई बसेको छु, पिंजडाको सुगा
बाँकी छैनन् कुनै, जिउने बहाना
जलिरहेछ भित्र, मनको खजाना ।
गल्छन् पाइला, बाटो छैन सीधा
हातको रेखाले, सच्चिदैन विधा
शब्दहरू झैं, जलेका छन् आशा
मनको कुनामा, रहे अभिलाषा ।
अरुको तस्वीर, हो र मेरो जस्तै
बाँचिरहेछ भने, पनि धुँवा बस्तै
सय दिनको सीमा, भन्छन् हनिमुन
बिते मुस्किलले, कठै सय दिन ।
जलेको मनको, कथा बन्छ अझै
कठिन घडिका, दिन गन्छ अझै
जिउनको अर्थ, पनि यहि होला
बग्यो फर्किंदैन, जीवनको चोला ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































