साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिटायर भएपछिको सय दिन

जलेको मनको, कथा बन्छ अझै कठिन घडिका, दिन गन्छ अझै जिउनको अर्थ, पनि यहि होला बग्यो फर्किंदैन, जिवनको चोला ।

Nepal Telecom ad

पदम भण्डारी :

बिते सय दिन, अँध्यारो छ उस्तै
अवयवहरु, चल्न थाले सुस्तै
सिंढीका खुटकिला, पनि मक्किएछ
सफलताको सिंढी, पनि सक्किएछ ।

भए लामा लामा, फुले दाह्री जुँगा
भई बसेको छु, पिंजडाको सुगा
बाँकी छैनन् कुनै, जिउने बहाना
जलिरहेछ भित्र, मनको खजाना ।

गल्छन् पाइला, बाटो छैन सीधा
हातको रेखाले, सच्चिदैन विधा
शब्दहरू झैं, जलेका छन् आशा
मनको कुनामा, रहे अभिलाषा ।

अरुको तस्वीर, हो र मेरो जस्तै
बाँचिरहेछ भने, पनि धुँवा बस्तै
सय दिनको सीमा, भन्छन् हनिमुन
बिते मुस्किलले, कठै सय दिन ।

जलेको मनको, कथा बन्छ अझै
कठिन घडिका, दिन गन्छ अझै
जिउनको अर्थ, पनि यहि होला
बग्यो फर्किंदैन, जीवनको चोला ।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 month ago

शीर्षक पढ्दा गुदी पनि स्वादिलै होला भन्ने पो थियो…

Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x