साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीरमा भोलि पर्खँदा पर्खँदै

ब्रान्डसरान्ड भर्सेलामा जाओस्, उही काम गर्ने औषधि मलाई नदिई धर पाउँदैनौं भनेर अड्डी कसेँ। मेरो अड्डीको अगाडि उनीहरू कर्कलो गलेझैँ त गले तर अर्को हतकण्डा प्रयोग गर्न भने हिम्मत हारेनन् ।

Nepal Telecom ad

युगल बसेल :

जब जाग्यो तब सबेरा  भनेजस्तै रोगले गालेर शेष नपारुन्जेल चेत नखुल्ने म बबुराको बानी। दाँतको व्यथाले गालेर आँत लुलो भएपछि बल्ल अस्पतालतिर लमकझमक गर्दै जाने जोश चल्यो ।जानै परेपछि मामुली काँतर अस्पताल जाबोमा के जानु भनेर वीर अस्पतालतिरै वीरतासाथ पाइला लम्काएँ ।

मेरी बास्सै नि ! वीर अस्पतालका डाक्टर त साँच्चिकै संयमी र वीर पो रहेछन् । त्यो वीरता र र संयमको  गाथाको जति सह्राहना गरे पनि कम हुने। बिरामी जति गले पनि उनीहरूको मन भने कहिल्यै नगल्ने। बिरामीको खल्ती गल्ने ,समय गल्ने र हिम्मत पनि गल्ने तर उपचार प्रक्रियाको डेग नचल्ने।

१९४७ विक्रम सम्वतमा वीर शमशेरले स्थापना गरेका कारणले वीर अस्पताल नामकरण भएको होला भन्ने लाग्थ्यो। तर त्यो त भ्रम मात्रै रहेछ, गल्ती पो रहेछ।

कारण त अर्कै रहेछ । अस्पतालका चिकित्सकको अपार संयम र वीरताका कारणले पो अस्पतालको नाम जुरेको रहेछ । एउटा दाँत खसेपछि मेरो उपचार सुरु भएको थियो, ३२ वटै दाँत झरुन्जेल बडो संयम, धैर्यता र वीरतापूर्वक चिकित्सकहरुले मलाई कुराउनसम्म कुराए र मेरो कन्तबिजोक अनि बिल्लीबाँठ गराए । वीरताबिना के यो सम्भव हुन्छ र ?

भोलिभोलि भन्दाभन्दै आफूलाई गोलीले छेँडिसक्यो तर डाक्टर साहबको मन भने खुर्सानीको ढेंंडीजति पनि कमलिएन। मकैका ठेट्ना चपाउन सक्ने सामर्थ्य छँदै अस्पताल छिरेको म जाउलो चपाउने सामर्थ्यमा पुगुन्जेल पनि इलाज पुरा नगर्ने काम के वीरताबिना सम्भव हुन्छ र ?

भैरव अर्यालको जय भोलि बाट प्रेरित भएर हो कि वा अरू केही कुराबाट उत्साहित भएर हो उनीहरूलाई भोलिको प्रेरणा  मिलेको ,मैले ठम्याउन सकिनँ। ठम्याउन सकेको भए त म पनि वीर भइहाल्थेँ होला नि । भोलि उपचार फत्ते हुन्छ भन्दाभन्दै मेरा ३६५ वटा दुःखदायी भोलि बिते तर मेरा दाँतेबहका घडी टुङ्गिएनन् ।

कुनै दिन त मेरो इलाज कसो नहोला भन्ने आशा जीवित राखेपछि इन्द्रको बाउ चन्द्रको पनि केही जोड नचल्दो रहेनछ। आखिर मेरो उपचारको घडी आइछोड्यो । उपचारका लागि एक धोक्रो उपचार सामग्री निम्ति सूची लिएर म अस्पतालको फार्मेसीमा पुगेँ । फार्मेसीका कारिन्दा पनि झन् ठूला वीर रहेछन् । उनले कमिसनको लोभलालच रत्तिभर नराखी डाक्टरले लेखेको ब्रान्डका सबै सामग्री  त्यहाँ नपाइने भनेर बाहिरको फार्मेसीमा जाने अमूल्य सुझाव दिए। म पनि साँच्चिकै अँटेरी न ठहरें। ब्रान्डसरान्ड भर्सेलामा जाओस्, उही काम गर्ने औषधि मलाई नदिई धर पाउँदैनौं भनेर अड्डी कसेँ। मेरो अड्डीको अगाडि उनीहरू कर्कलो गलेझैँ त गले तर अर्को हतकण्डा प्रयोग गर्न भने हिम्मत हारेनन् ।

सरकारी ढुकुटी पोस्ने बिब्ल्याँटो काम गर्न दुस्साहस गरेबापत मलाई उनीहरुले दण्डित गर्ने उपाय तयारी हालतमा छँदै थियो। ओखतीमूलोका सामग्रीको बिल रकम वाचन गर्दा उनले २९ सय लाई ७९ सय  भनेर पढे । म पनि मेरो कम्मरको खुकुरी कुन हुस्सुले लग्यो भन्ने खालको ज्यादै होसियार पुरुष न हुँ । मैले रुजुबाजु गरिनँ, खनक्क पैसा झिकेर छनक्क गनिदिएँ। पछिबाट बुद्धिमत्तापूर्वक बिल रकम पढ्दा पो खङ्ग्रङ्ग भएँ । पाँच हजार दमडी मैले  कुनै कायरता नदेखाई वीर कारिन्दालाई सुम्पीसकेको रहेछु । अब आगो लागेपछि कुवा खनेर के काम लाग्थ्यो र ? सर्प उम्किएपछि सर्प हिँडेको बाटो ठटाएर के पो अर्थ हुन्थ्यो र ?आँत सुकुन्जेल दाँतको उपचारमा भागदौड गर्दागर्दै आशा कारण केश विनाश, धन औ धर्म सबैतिर नाश, अनि पर्‍यो फासा अनि पर्‍यो फास जस्तो दशा मेरो भई छाड्यो ।

अस्पताल धाउँदा धाउँदै जुत्ताका तलुवा पनि फाटे, खल्ती पनि फाटे र हिम्मतले नौडाँडा काटे तर वीर अस्पतालका वीरहरूले भने लगातार वीरताकै बाटो समाते।

००० 
सन्धिखर्क, तुम्कोट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttar parajuli
uttar parajuli
1 month ago

सुन्दर व्यङ्ग्य रचना ।

Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x