साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

अलि टाढाबाट कागहरु कराएको र परेवाहरु सलबलाएको आवाज एकै साथ आइरहेको सुन्छु बिहानीपखको सपनाबाट अलमलिएको छु सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

जग हाल्दा माटो परीक्षण गरेनन्
माटोको भार बहन क्षमताको पनि हिसाब गरेनन्
जमिन मुनिको पानी र जगमा बस्ने कङ्क्रीटबीच
कस्तो रासायनिक प्रतिक्रिया होला भन्ने त सोच्दै सोचेनन्
सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेङ्थ’ जाँचेनन्
फलामे डण्डीको ‘टेन्साइल’‚ ‘बेण्डिङ’ लगायत कुनै परीक्षण गरेनन्
भूकम्पको उच्च जोखिममा रहेको स्थान हो भन्ने पनि सोचेनन्
पैलाका भूइँचालोहरुबाट कुनै पाठ सिक्न आवश्यकै ठानेन्
धेरै पुरानो र मजबुत ठानिएको घर
भूइँचालोले‚ आफ्नै आँखा अगाडि ढालेको देखेपछि पनि
त्यही खाली ठाऊँमा‚ घर भनेर आफैँलाई झुक्याएर
आफैँले दरबार बनाउन लागेको हो भन्ने पनि सोचेनन्
झनै ठूलो र बोझिलो दरबार बनाउने सोच पलायो
र विशाल दरबारमा एकपछि अर्को बोझहरु थोपर्दै गए
मनग्गे भोज भतेर गरे
विदेशी रक्सीको खोलो बगाए
बेसरी नाचे‚ गाए र झुमे गीतहरुमा
रक्सी लागेर झुम भएको बेला
अचानक यौटा शक्तिशाली भूइँचालो गयो
त्यसको ‘म्याग्निच्यूड’ कति थियो‚ कसैले थाहा पाएन
त्यसको केन्द्र विन्दू कहाँ थियो‚ कसैलाई थाहा भएन
कमजोर जगमा बनेको बोझिलो दरबार
केही ‘स्ट्रक्चर’ बाहेक बाँकी सबैतिर ‘मेजर क्र्याक’ देखियो
क्षतविक्षत घरभित्र‚ सेतो ‘हार्डह्याट’मा कुनै इन्जिनियर देखियो
थाहा छैन-
घर पुरै ‘डिमोलिस’ गर्ने निर्णय लिन्छ कि
‘रिट्रोफिट’बाटै काम चलाउने निस्कर्ष निकाल्छ !
म बाहिरबाट हेरिरहेछु-
क्षतिग्रस्त भवनको बाहिर ‘नन डिस्ट्रक्टिभ ह्यमर’ बोकेका
केही प्राविधिक जस्ता मानिसहरु छन्
ती दक्ष र सीप भएका मानिसहरु हुन् कि होइनन् ?
तिनीहरुले बोकेका ‘नन डिस्ट्रक्टिभ ह्यमर’मा
कम्पनीको नाम किन लेखिएन अनि लोगो किन छैन ?
‘ह्यमर’हरुका ‘रिलायबिलिटी’ के होला
‘क्यालिब्रेसन’ कैले र कहाँ गरिएको होला ?
अनि ‘ह्यामर’ बजार्ने विन्दु कसले तय गर्छ
‘रिडिङ’ र ‘रेकर्डिङ’ कस्ले र केमा गर्छ
अनि ‘एनालिसिस’ र ‘इन्टरप्रिटेसन’ ?
यत्तिकैमा कतै
फेरी अर्को कुनै ठूलो भूइँचालो आयो भने…
यत्तिकैमा अर्थात् जिस्किदा जिस्किदै
फेरी अर्को कुनै ठूलो भूइँचालो गयो भने…
म शायद डराउँदै सोच्दै थिएँ
बिहानीपखको सपनाबाट एकाएक बिउँझिएछु
अलि टाढाबाट कागहरु कराएको
र परेवाहरु सलबलाएको आवाज
एकै साथ आइरहेको सुन्छु
बिहानीपखको सपनाबाट अलमलिएको छु
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

०००
६ वैशाख २०८३
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x