साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोलको यौटा मासुपसल

पसलभित्र उँङिरहेको मासुपसले एकाएक उतर्सिएको देखिन्छ थाहा छैन यी कुकुरहरुलाई पन्छाउँछ कि कतै मलाई नै लात ठोक्छ ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

टोलको यौटा मासुपसल
खुकुरी, खुँडा, अचानो र केही चक्कुहरु
बाहुला नभएको टिसर्ट
र थ्री-क्वार्टर पाइन्ट लगाएको पसले
अनि पसलमा आश्रित कुकुरहरु
ती आश्रित थिए, किनकी तिनीहरुको काम थिएन
ती बेरोजगार थिए, किनकी तिनीहरु आश्रित थिए
पुच्छर हल्लाउथे र पसलेको सुरक्षा गर्थे
पसलेको इशारामा गर्दन फुलाएर
जो कोहीलाई झम्टन सक्ने क्षमता राख्थे
पसले फुरुङ पर्थ्यो र मासुका हड्डीहरु दिने गर्थ्यो
पसल वरिपरी झुम्मिएकै कारण
खासमा भन्ने हो भने बेरोजगार भएकै कारण
अझ भनौं भनेँ काम नभएकै कारण
ती मासुका हड्डीहरु चपाउन पाउथेँ
र आफ्नै दाँतबाट निस्किएको रगतको स्वादमा दङ्ग हुन्थे
दिनको मध्यान्हमा, बाटो अलि चकमन्न भएको बेला
पसल ढप्काएर, पसले झुप्प उङेको बेला
सडकमा हिंड्ने मानिसहरुलाई झम्टन्थे
र कमजोरलाई टोक्थे पनि
निरुद्देश्य अनि लहड जस्तो
पछि फर्केर हेर्दा फगत् मनोरञ्जन्
हिंड्दाहिंड्दै-
आफ्नै टोलको मासुपसल अगाडिको
मौलोमा ठोक्किएर लडखडाएछु
धरमरिएको शरीर र शरीरमाथि
बेढङ्गको खुइलिएको थोत्रो धोक्रो
धोक्रोभित्र गाता खुइलिएका सितयुद्धकालीन किताब
र हिफाजत गरेर जोगाइएका बहुमूल्य दस्तावेजहरु
शरीरमा व्हार्लाङ परेको झुत्रो लुगा
लुगामा विचार, सिद्धान्त, आदर्श र निष्ठाका दागहरु
मासुपसल रुङिरहेकाहरु एकाएक झस्किए
सबै झुम्मिए अनि कराउन र झम्टन थाले
पसलभित्र उँङिरहेको मासुपसले एकाएक उतर्सिएको देखिन्छ
थाहा छैन यी कुकुरहरुलाई पन्छाउँछ
कि कतै मलाई नै लात ठोक्छ ?

०००
काठमाडाैं
चैत ३, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x