भावना न्याैपानेडोको ल्याउनु है बा आमा
भोलिपल्ट हजुरबुबालाई भिरबाट खसाल्न लाग्दा मैले पनि बा आमालाई भनिदिएँ डोको ल्याउँनु है बा यही डोकोमा राखेर तपाईंहरु बूढो हुँदा भिरबाट खसाल्नुपर्छ।
भावना न्याैपाने :
हाम्रो हजुरबुबालाई बा आमाले
दिनका दिन कर कर गरिहन्छन् ।
न खाना टाइममा दिन्छन्
न आराम गर्ननै दिन्छन् ।
आफू खाजा बनाएर खादै गर्दा
ती हजुरबुबालाई दिदैनन्।
म अलिकति खाएर
हजुरबुबालाई मेरो खाजा दिन्छु।
पाहुना आउँदा पनि
हजुरबुबासँग बोल्न दिदैनन्।
झन् कोठामा थुनेर राख्दछन्
पहुना गएपछि ढोका खोलिदिन्छन्।
यताउती मठमन्दिर घुमाउँन पनि लैजाँदैनन्।
बिरामी पर्दा औषधी पनि खुवाउँदैनन्।
एकदिन बा आमाले हजुरबुबालाई
डोकोमा बोकेर भिरबाट खसाल्ने कुरा गर्दै थिए।
भोलिपल्ट हजुरबुबालाई
भिरबाट खसाल्न लाग्दा
मैले पनि बा आमालाई भनिदिएँ
डोको ल्याउँनु है बा
यही डोकोमा राखेर
तपाईंहरु बूढो हुँदा
भिरबाट खसाल्नुपर्छ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































