साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब म बूढो हुनेछु

जब म बूढो हुनेछु मेरो अन्तिम समय आउनेछ मेरो श्वास जान गाह्राे हुनेछ के त्यतिबेला तिमीहरूले मलाई रामको नाम सुनाएर पार लगाउन सक्नेछौ ?

Nepal Telecom ad

भावना न्याैपाने :

जब म बूढो हुनेछु मेरो शरीर जीर्ण हुनेछ
मलाई तिमीहरूको साथ चाहिन्छ
त्यतिबेला के तिमीहरूले मलाई साथ दिनेछौ ?
जब म बूढो हुनेछु कान सुन्न र कुरा बुझ्न नसकुँला
के तिमीहरुले एउटै कुरा दोहोराएर सुनाउन बुझाउन सक्नेछौ ?

जब म बूढो हुनेछु दाँत नहुन सक्छ खाँदा गला लाग्न सक्छ
के तिमीहरुले सधैं गिलो खाना बनाएर खुवाउन सक्नेछौ ?
जब म बूढो हुनेछु तागत पनि कमजोर हुनेछ
अचानक मेरो हातबाट तिमीहरुले किनेका
महँगो सिसाको गिलास फुट्न सक्छ
के तिमीहरुले गाली नगरी माफ गर्न सक्नेछौ ?

जब म बूढो हुनेछु आँखा देख्न नसकुँला
के तिमीहरूको हातले खुवाएर मेरो भोक प्यास मेटाउनेछौ ?
जब बूढो हुनेछु हाडजोर्नी दुखेर पीडा सहन नसकी
रन्थनिदै कराउनेछु रुनेछु
के तिमीहरुले त्यतिबेला मेरो पीडा कम गर्न
हात गोडामा मालिस लगाउनेछौ ?

जब म बूढो हुनेछु, रोगी हुनेछु र अशक्त भई बिछ्यौनामै रहनेछु
के तिमीहरूले मलाई घिन नमानिकन
स्याहारसुसार गर्न सक्नेछौ ?

जब म बूढो हुनेछु मेरो अन्तिम समय आउनेछ
मेरो श्वास जान गाह्राे हुनेछ
के त्यतिबेला तिमीहरूले मलाई
रामको नाम सुनाएर पार लगाउन सक्नेछौ ?

जब म बूढो हुनेछु अन्तिम श्वास लिई
यस धर्तीबाट बिलिन भई आकाशबाट सधैं नियालिरहनेछु
के तिमीहरूले पनि मलाई सधैं
सम्झनामा राख्नेछौ ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x