साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमा तिमी उठन किन उठ्दैनौ? के साँच्चै मसँग रिसाएकी हौ र ? आज पनि सम्झन्छु आमा तिम्रो त्यो दानको भावना आज पनि सम्झन्छु आमा तिम्रो त्यो त्यागको भावना।

Nepal Telecom ad

भावना न्यौपाने :

आमा तिमी उठन, किन उठ्दैनौ ?
के साच्चै मसँग रिसाएकी हौ र ?

पहिलाको जस्तै गरी पुतली बनाइदेउन आमा
पहिलाको जस्तै गरी कपिमा मोटर बनाइदेउन आमा ।
आमा तिमी उठन, किन उठ्दैनौ ?
के साँच्चै रिसाएकी हौ र ?

ती बालापनका कुराहरु सम्झ त ?
मैले तिमीलाई सताएका दिनहरु सम्झ त ?
आमा तिमी उठन, किन उठ्दैनौ ?
के साँच्चै मसँग रिसाएकी हौ र ?

तिमी बस्न खोज्दा मेच तानेर तिमीलाई
लडाएको दिन सम्झ त ?
हामी सँगै बसि गीतहरु सुनेका दिन सम्झ त
आमा तिमी उठन, किन उठ्दैनौ ?
के साँच्चै मसँग रिसाएकी हौ र ?

म तिमीसँग नहुँदा अतालिएका दिनहरु सम्झ त ?
म तिमीसँग नहुँदा कल्पिएका दिनहरु सम्झ त ?
आमा तिमी उठन किन उठ्दैनौ ?
के साँच्चै मसँग रिसाएकी हौ र ?

तिमी अशक्त थियौ तर सबैको लौरो बन्याै
तिमी ज्ञानको भण्डार थियौ सबैको मार्गदर्शन बन्याै।
आमा तिमी उठन किन उठ्दैनौ?
के साँच्चै मसँग रिसाएकी हौ र ?
आज पनि सम्झन्छु आमा तिम्रो त्यो दानको भावना
आज पनि सम्झन्छु आमा तिम्रो त्यो त्यागको भावना।

त्यही साथ र सँस्कारले म पनि
हिँड्न खोज्दैछु असल बाटोमा
त्यही साथ र सँस्कारले म पनि
गर्न खोज्दैछु असल कर्म ।
फेरि पनि भन्छु आमा तिमी उठन किन उठ्दैनौ ?
के साँच्चै मसँग रिसाएकी हौ र ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x