साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भक्त हुँ

आतंकित पारी सारा नियाँ मिचाई अन्यायीका इसारामा सबुतकाे कात्राे जलाई न्याय खाेज्न हिँडेकाे सर्वज्ञानी भक्त म।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

हुँ म भक्त भक्ति गर्दछु
भक्तिमा सब शक्ति अर्पण गर्दछु।

आँखाका तिर चलाउँदै परपर
ओठहरूकाे मिलनमा चपचप
ओकल्छु अपाच्य शब्दबाणी मनका
नहिँडे बाटाे मेराे जनजनका
खेदाे खन्छु परकाे
देख्दै देख्दैन वरकाे
बुझ्नु जनले एकाग्र ध्यान हुन्छ भक्तकाे।

बन्धुबान्धब इष्टमित्र सब
बसुदैब कुटुम्बकम्
कहाँ छन् खै के भनम् ?
जान्दिन चिन्दिन काे काे कहाँ?
भक्तिमा लिन भएकाे भक्त म यहाँ।

अन्धभक्ति नहुनु कसरी ?
आँखा उघारेर ध्यानमा बसाैं म कसरी ?
हुन्छ र कहीँ नेत्रै खाेलेर त्याे ध्यान ?
खुला नयन लम्पट अगाडि देख्दै देख्दिन म
देखेर वरपर छितिज सरी
जम्मै भूलाेक भरी
भेटिएला र भर्याङ कहाँ स्वर्गकाे
आत्मा अनात्मा मन र मर्मकाे

नाङ्लाे ठटाई
तर्साइ ढाेइका जाेईपाेइ
आतंकित पारी सारा नियाँ मिचाई
अन्यायीका इसारामा सबुतकाे कात्राे जलाई
न्याय खाेज्न हिँडेकाे सर्वज्ञानी भक्त म।

विचार शुन्य नारा गगनभेदी
घनघन घन्काई समाइ पाउकाे फेदी
घाेडाकाे टाँङ झै सिधा ध्यानमा
टकटक हिँडी प्रभुकाे ज्ञानमा
जलाई दियाे पहिराइ माला असिमितकाे
म हुँ अन्धभक्त भक्त ख्वामितकाे ।

०००
कैलाली, हाल : थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x