साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गेयुगदेखि चन्द्रलोक

यस्तो आपतको बेलामा के भाको तेरो बुद्धि ? हैन तैंले पनि कतै मनुवाहरूको सङ्गतमा परेर ढुङ्गेयुगदेखि चन्द्रलोकसम्मको यात्रा त गरिनस् ?!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

ओइ बाघ ! छिटो छिटो भाग । ओ गैंडा ! भागेर छिटो जोगा तेरो खाग । एक्कासि वनभित्र चर्को चर्को कराएको सुनियो । सबै जन्तुहरू आफ्नो आफ्नो ज्यान बचाउने कोशिसमा लागे । कोहि भने अटेरी बने । भागेका जन्तुहरू अल्लि परको थुम्कोमाथि पुगे । हैन के भएर यस्तो हल्ला गरेको ? श्यालले सोध्यो । खरायोले भन्यो त्यो बीचको तलाउको पानी एक्कासी उम्लेर वरपर फैलिएको छ । त्यसको फैलिने गति मेरो दौडाई जस्तै छ । सबैले कुरा बुझे र खरायोलाई धन्यवाद दिए ।

कछुवा हात्ती लगायत केही जन्तुहरू देखिएनन् । त्रासदी मत्थर भएपछि जन्तुहरू वास्तविक स्थिति बुझ्नतिर लागे । हात्तिका बथान पानीमा डुबेर सोत्तर भएछन् । कछुवा कतै इन्तु न चिन्तु भएको भेटियो । न्याउरी मूसा मृग बँदेल पनि शरीरमात्रले रहेछन् । बाघको गुफा पानीले भरिएको थियो । भालूको तालु भाग्दाभाग्दै कतै ठोकिएर आलुजस्तो भएको थियो ।

तलाउ नजिकका जन्तुहरूका सबैजसो बासस्थानका नामोनिसान थिएन । कोहि उद्धारतिर लागे । कोहि खोज तलासतिर । जंगली कुकुरले मरेको हात्तिको रौं र दाह्रा तान्दै रहेछ । देख्नेले भने ओइ पाङ्ग्रे ! तँ जनावरको इतिहासमा कलङ्क रहेछस् । तँ त मान्छे भएर जन्मनुपर्ने कसरी जन्तु भइस हँ ? एक त त्यस्तो अर्काको ज्यान धनको कहिल्यै लोभ गर्नु खोस्नु दाउ हेर्नू हड्प्नु हुँदैहुन्न त्यसमाथि पनि यस्तो आपतको बेलामा के भाको तेरो बुद्धि ? हैन तैंले पनि कतै मनुवाहरूको सङ्गतमा परेर ढुङ्गेयुगदेखि चन्द्रलोकसम्मको यात्रा त गरिनस् ?!

०००
१८ भदौ २०८३
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
दशैंसँगै रित्तिएकाे मन

दशैंसँगै रित्तिएकाे मन

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
0
Would love your thoughts, please comment.x
()
x