साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलमल्ल

बाङ्गा टेढा धूर्त छली कुकर्मी अन्यायी देशमाराहरूले त यस्ता नराम्रा कुरा जति पाए पनि बिना लाज शरम सजिलै पचाउँछन् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

नमस्कार डाक्टर साब भन्दै दुखीराम अस्पतालमा पेट र पाचनसम्बन्धी डाक्टरसामु आइपुगे । डाक्टरले नमस्कार फर्काउँदै र नजिकैको खाली कुर्सीमा बस्न आग्रह गर्दै सोधे भन्नुस् कति कामले आउनुभो । हिजो तपाईंले भन्नुभए अनुसार सब चिज प्रयोगशालामा जँचाएर अनि पेटको एक्स रे समेत गराएर आज त्यसको नतिजा तपाईँलाई नै देखाउन भनेर आएको डाक्टर साब दुखीरामले एकैसासमा बेलिबिस्तार लगाए ।

डाक्टरले प्रयोगशालाले दिएको नतिजापत्रहरू र एक्स रेको तस्वीरलाई राम्रोसँग हेरे र आश्चर्य मान्दै सोधे । तपाइँ कुन कार्यालयमा काम गर्नुहुन्छ ? दुखीरामले भने म त्यस्तो कुनै कार्यालयमा काम गर्दिन । मेरो आफ्नै फलफूल खेती छ त्यहिँ काम गर्छु । नतिजापत्रमा के छ र डाक्टर साब तपाईंले यस्तो प्रश्न सोध्नुभयो त ! त्यसोभए कुनै कार्यालयमा हालसालै कुनै काम परेर जानुभएको थियो त ? हिजो होइन अस्ति छोराले विदेशजाने भनेर जिद्दी गरेकाले त्यसका विभिन्न प्रकृयाहरूका बारेमा बुझ्न केही सरकारी कार्यालयहरूमा छोरो र म गएका थियौं । त्यही क्रममा दिउँसो भोक लागेकाले त्यहीँ कुनै चमेनागृहमा खाजा खाइयो । अनि रातिबाट शिरदेखी पाउसम्म बाउको बिहे देखाउने गरी बिसञ्चो भयो । त्यसैले हिजो अस्पताल खुल्नेबित्तिकैको पालो लिएर तपाइँसँगै जँचाएको हो डाक्टरसाब ।

ए ल कुरो ठ्याक्कै मिल्यो दुखी रामजी । यो नतिजापत्रहरूले र एक्स रेको तस्वीरले तपाइँलाई सोझो सीधा मान्छे भनेर देखायो । दुखीरामले सोधे डाक्टर साब यस्ता कागतले त रोग समस्या र तिनका कारण देखाउनुपर्ने होइन र ?

डाक्टरले भने हो त्यही देखाएको छ । तपाइँको पेट भित्र पच्न असाध्यै गाह्रो हुने घुस कमिसन नातावाद पूर्वाग्रह भनसुन छलकपट ढिलासुस्ती भोलिवाद जस्ता फोहोरहरूको अंश पसेको रहेछ । यो पक्कै पनि तिनै सरकारी कार्यालयहरूबाट कुनै तरिकाले तपाइँको पेटमा पुगेका होलान् । तिनले बिसञ्चो गराएपछि त तपाइँ पक्कै सोझो सीधा दुखजीवी मान्छे हुनुपर्छ ।

बाङ्गा टेढा धूर्त छली कुकर्मी अन्यायी देशमाराहरूले त यस्ता नराम्रा कुरा जति पाए पनि बिना लाज शरम सजिलै पचाउँछन् । बिचरा दुखीराम डाक्टरको कुरा सुनेर अलमल्ल परे ।

०००
३ भदौ २०८३
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सञ्जालको जाल : कालको द्वार

सञ्जालको जाल : कालको...

फित्काैली डटकम
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x