रामकृष्ण ढकालमहात्म्य
मानवताको महात्म्य सुनाउन मान्छेका जातलाई किन हाम्रो यो ठाउँमा आउनुपरेको होला । अन्तै गएर सुनाउनु नि ।
रामकृष्ण ढकाल :
खै कुन जन्तुलाई के भएको हो तुरुन्तै देखाउनुस् त । पशु चिकित्सकले चिडियाखानामा आएर त्यहाँको कर्मचारीलाई भने । कर्मचारीले सात दिनदेखि त्यहाँको एउटा गधाको मुख बन्द नभएको त्यसले केही पनि नखाएको भुइँमा पसारिएको नउठेको आदि बेलि बिस्तार लगाए ।
चिकित्सकले आफूसँग भएका यन्त्रहरू प्रयोग गरि निकै बेर लगाएर विभिन्न जाँच गरे तर गधा जस्ताको त्यस्तै रहिरह्यो । केही रोग पत्ता लागेन । अन्त्यमा चिकित्सकले एउटा सुई लगाए अनि मात्र गधा ऐया भन्दै उठ्यो ।
त्यतिबेलासम्म जम्मा भएका अन्य कर्मचारी समेत दङ्ग परे र गधालाई सोधियो तँलाई के भएको हो भनेर । गधाले भन्यो राणा कालदेखि गणतन्त्रसम्मका विभिन्न सरकारहरूका महात्म्य, ज्यादै निकट सम्बन्ध भएका छिमेकी देशको सरकारहरूको महात्म्य, विज्ञानले उँचो बनाएको मानवताको महात्म्य सुनाउन मान्छेका जातलाई किन हाम्रो यो ठाउँमा आउनुपरेको होला । अन्तै गएर सुनाउनु नि । यहाँ हाँस्दा हाँस्दै झण्डै मरिएन ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest





































