साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनकुटाको हिलेमा ‘सुरताल म्युजिकल टुर–२०८३’ आयोजना हुने

मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका कलाकार जुट्दै छन् ।

Nepal Telecom ad

हिले, धनकुटा । नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ ।

सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज १० गते हिलेमा आयोजना गर्न लागिएको हो । ‘मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका १३ जिल्लामा सांगीतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारलाई सहयोग गर्न हिलेमा हुनेसहित टुरअन्तर्गतका कन्सर्टबाट प्राप्त आम्दानीको २० प्रतिशत रकम राहत तथा सहयोगका लागि प्रदान गरिनेछ ।

संगीत मनोरञ्जनको माध्यम मात्रै नभई मानवीय सहयोगको माध्यम पनि बन्न सक्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कन्सर्टबाट प्राप्त आम्दानीको निश्चित हिस्सा विपद् प्रभावित परिवारका लागि छुट्याउने निर्णयलाई आयोजक टोलीमा सहभागी कलाकार तथा व्यवस्थापन पक्षको साझा प्रतिबद्धताका रूपमा लिइएको छ ।

सुरताल म्युजिकल टुरमार्फत नेपाली संगीत, कला र संस्कृतिलाई देशभर पुर्याउने उद्देश्यसमेत राखिएको छ । सांगीतिक यात्रासँगै विपद्मा परेका नेपालीको साथमा उभिने अभियानलाई जोडिएको आयोजकले जनाएको छ ।

‘आजको हाम्रो संगीतले कसैको आँसु पुछ्न सकोस् र आजको हाम्रो योगदानले कसैलाई भोलि फेरि उठ्न सहारा बनोस्’ भन्ने भावनासहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x