रामशरण न्याैपानेअब आसिकले परिपूर्ण भयौँ
छ बनाउनु यो प्रिय देश छिटो सब लोक जुटी श्रम धेर गरी छलछाम सधैँ अति धेर भयो यस देश लुटे कतिले जसरी सब जागृत नै हुनुपर्छ छिटो ढुकुटी सब रिक्त छ लौ न भरौँ अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥६॥
रामशरण न्यौपाने “पाँचघरे”
जति कर्म गर्यो उति धेर ठुलो रसदार मिठो फल फल्छ यहाँ
मन शुद्ध भयो सकिएर दसैँ वर मिल्छ भनी भ्रममा नपरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥१॥
सब मान्यहरूसित भेट भयो गफगाफ चल्यो अति सभ्य बनी
शुभ साइतमा शिरमा धरियो खुद चन्दन साथ प्रसाद अनि
शुभ कर्म गरी छर कीर्ति भनी जुन पाठ दिए दिलभित्र धरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥२॥
जति रीत यहाँ सजिलै गरियो उति संस्कृतिको परिपोष भयो
निज धर्म सबै परिपूर्ण भयो अफबाह गयो सब दोष गयो
यदि रिक्त भए प्रिय माथ सखे बरु भाग्य थपेर ललाट भरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥३॥
जनता जहिले पनि शोषित छन् सरकार यहाँ किन छैन दह्रो?
अति शोषणमा अनि दोहनमा नर बन्नु छ हो जहिले बिचरो
बिनु नाउ यहाँ कुन पार भए? चढ नाउ छिटो नद पार तरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥४॥
कति देश बने र विकास गरे कति उन्नतिमा दिनरात बढे
किन देश यहाँ तल मात्र गयो पथ झन् धसियो नर धेर लडे
नर कर्मठ नै जति बन्नसक्यो उति शैल चुमिन्छ तलै नझरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥५॥
छ बनाउनु यो प्रिय देश छिटो सब लोक जुटी श्रम धेर गरी
छलछाम सधैँ अति धेर भयो यस देश लुटे कतिले जसरी
सब जागृत नै हुनुपर्छ छिटो ढुकुटी सब रिक्त छ लौ न भरौँ
अब आसिकले परिपूर्ण भयौँ अझ सार्थक बन्नु छ कर्म गरौँ॥६॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































