साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध वृद्धा सबै …

धेर छन् देशमा आज चिन्ता लिने देह ढल्दा कुनै छैन पानी दिने राख्दछन् चाहना अन्त्य होस् सुन्दर वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

आँत जल्दै गयो बैँस ढल्दै गयो
गर्न यात्रा रुक्यो पाउ गल्दै गयो
यष्टि खोजी गरी माग्न थाले भर
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥१॥

उच्च पाखो सबै बाढमा नै गयो
खेत गैह्री थियो त्यो घडेरी भयो
पुत्र खाडी पसे भन्दछन् को छ र?
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥२॥

गर्न पूजा हिँडे वृद्ध वृद्धाहरू
हल्लिएझैँ गरी थेग्न आँधी तरु
भज्न थाले सबै लौ न गङ्गाधर
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥३॥

घोर बर्सादको याम आयो यहाँ
तालझैँ लाग्दछन् मार्ग सारा जहाँ
भन्दछन् थात नै लाग्छ बग्ने डर
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥४॥

गोठ छन् गाउँमा जान धेरै पर
छैन लैनो डिँगो खाइयो ठक्कर
बक्दछन् छैन त्यो दुग्ध नौनी तर
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥५॥

धेर छन् देशमा आज चिन्ता लिने
देह ढल्दा कुनै छैन पानी दिने
राख्दछन् चाहना अन्त्य होस् सुन्दर
वृद्ध वृद्धा सबै शम्भु रक्षा गर॥६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x