साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस्

राखून् माया दयाले भर अधिक दिई स्नेहधारा बगाई मायाले धेर पोसून् फलफुल रसिला पोष्य मिठा मिठाई छोरा छोरी बधू नै बहुत रसिक हुन् साथ राखून् रमाई हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

रित्याए योग्यताको श्रम अधिक गरी छाला पगाली
गर्दै ल्याए सुरक्षा घर र मुलुकको तेजिलो बन्न माली
साँच्चै नै यो धरामा अधिक छ यिनको देन साथै भलाइ
हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥१॥

खर्चे आफ्नो सबै नै रगत र पसिना भव्य सन्तान पाली
पौँचाएका यिनैले शिखर उपर हुन् यो गृहस्थी उचाली
बाँचून् ती ब्याज खाई हरपल अघिको कर्मको गीत गाई
हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥२॥

धेरैका छन् हिँडेका सपुत र तनया देश नेपाल छाडी
पर्दा आफू बिरामी जलतक दिन नै छैन कोही अगाडि
बाँझा छन् खेतबारी हर बखत जहाँ झुल्दथे अन्न छाई
हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥३॥

धेरै छन् गाउँ छोडी सुख लिन कसिँदै राजधानी पसेका
लागी नेतागिरीमा अबुझ किसिमले क्रान्ति गर्दै बसेका
गर्दैनन् मान सेवा घर बिच पहुँची पूर्वको किर्ति गाई
हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥४॥

राखून् माया दयाले भर अधिक दिई स्नेहधारा बगाई
मायाले धेर पोसून् फलफुल रसिला पोष्य मिठा मिठाई
छोरा छोरी बधू नै बहुत रसिक हुन् साथ राखून् रमाई
हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस् आँसुधारा बगाई॥५॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x