रामशरण न्याैपानेहाँसे बुढा बा पनि
आफ्नो धर्म र वर्ण जात कुलको धानेर सारा थिति बन्दै चालक यो गृहस्थ रथको जागा गरी संस्कृति चुक्ता गर्नु छ ऋण मातृभूमिको माता पिताको भनी फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा पनि ॥
रामशरण न्याैपाने :
आफ्नै देश गरेर खान छ मजा भन्ने भयो चेतना
उम्दा शिल्प कला लिई अवनिमा देखेर सम्भावना
माटोमा पसिना बगाउन भनी अत्यन्त जागा बनी
फर्के पुत्र बधू दुवै मुलुकमा हाँसे बुढा बा पनि ।॥१
छोडी मोह विदेशको समयमा आए अनौठो सित
ऊर्जा जो घरको बढ्यो दिनदिनै बन्दैगयो शोभित
छोरो जन्मिनुपर्छ खास सबको आदर्श यस्तै भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा पनि ॥२
फस्दामा धनको प्रलोभ बिच हा साहै बनी निष्ठुरी
आफ्ना मानिसले पनि शिव हरे । ज्यादा बढाए दुरी
खुल्दा चेत ठुलो यसै अवनिको प्यारो पुजारी बनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा पनि ॥३
ज्यादा न्यून रहे युवा मुलुकमा धाए विदेशी धरा
बाँझो बन्न पुग्यो पवित्र मलिलो धर्ती बडा उर्वरा
पाटो हुन्छ हराभरा अब धरा मेरो त पक्कै भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा पनि ॥४
आफ्नो धर्म र वर्ण जात कुलको धानेर सारा थिति
बन्दै चालक यो गृहस्थ रथको जागा गरी संस्कृति
चुक्ता गर्नु छ ऋण मातृभूमिको माता पिताको भनी
फर्के पुत्र तथा बधू मुलुकमा हाँसे बुढा बा पनि ॥५
०००
जून-घाम (२०८२)
Subscribe
Login
0 Comments
Oldest











































