Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोषी चस्मा २.०

‘दोषी चस्मा २.०’। जसका तीनवटा विशेषता छन् । पहिलो- आफ्नो गल्ती देखिँदैन । दोस्रो- विरोधीको गल्ती हाइ डिफिनिसन (HD) मा देखिन्छ । तेस्रो- आफ्ना नियुक्ति वैधानिक र समयसापेक्ष हुन्छन् ।

Nepal Telecom ad

संप्रस पौडेल :

काठमाडौँमा एउटा अनौठो चस्मा भेटिन्छ- ‘ दोषी चस्मा’। शासक जोसुकै होस् तर यो चस्मा लगाएपछि आफ्नो पालामा बनेको सडकको खाल्डोमा पनि अर्कैको दोष देखिन्छ । आफ्नो सरकार भए फोहोरमा मोहर देखिन्छ, अर्काको भए चरित्र दोहोरो देखिन्छ । गाडीले छोडेको धुलो–धुवाँ पनि आफू तल भए माथिको, माथि भए तलको दोष देखिन्छ । अझ रमाइलो त के भने, चस्मा लगाउनेले ऐनामा हेर्दा आफूचाहिँ कहिल्यै दोषी देख्दैन । सक्कली चस्माको खास कुरा नक्कलीले थाहा पाउँदैनन् तर लाउनेहरूबिच थुप्रै किम्बदन्ती पाइन्छन् ।

नागराजकै पालाको किम्बदन्ती के छ भने एकताका काठमाडौँ महानगर कार्यालय वरिपरी निकै चस्मा पसल खुलेको थियो । मोबाइल पसलेले पनि ‘यहाँ बालेनको चस्मा पाइन्छ’ लेखेर टाँस्दोरहेछ । अरू त अरू चस्मा पसलहरूले यस्ता यस्ता नाम रोजेछन्- असली बालेनको, सक्कली बालेनको, आफ्नै बालेनको, पुरानो बालेनको, नयाँ बालेनको चस्मा यहाँ पाइन्छ । गाली खाँदा ती चस्मा कर्मचारीले लगाए—दोष ठेकेदारको, ठेकेदारले लगाए—दोष महानगरको, महानगरले लगाए—दोष इतिहासको अनि नागरिकले लगाए—दोष फुटेको भाग्यको ।

हुन त वल्लो घरको नरे पल्लो घरमा सरे मात्रै भएको हुँदो हो । चस्मा पसल पनि महानगरबाट सिंहदरबारतिर सँगसँगै सर्दै गयो । चस्माको माग देशैभरी भइदियो । राजनीतिमा त यो चस्माको माग झन् धेरै रहेछ । तर चस्माले आफू जिम्मेवार कहिल्यै ठानेन । सरकारको गल्ती भयो भने अघिल्लो सरकार दोषी, अघिल्लोको गल्ती भयो भने व्यवस्था दोषी, व्यवस्था पनि नमिले इतिहास दोषी भनियो । इतिहासलाई पनि बोलाउने हो भने ऊचाहिँ भन्ला—“अठार सराद्दे भइसकेको मलाई किन तान्छौ? त्यही चस्माले तारिख धाए हुन्न ?” यतिखेर चस्मा दुबै खुट्टा फट्कारेर भागाभाग गर्दो हो ।
००
सुसूचित गराउने समाचारपत्र दोषी, त्यही पढेर जनता उचाल्ने दुर्घटना दोषी, दुर्घटना बढाउने बाटो दोषी, बाटो नबनाउने सडक विभाग दोषी, बनेकै सडक बिजोग पार्ने धुलो दोषी, धुलोले आँखा चिम्लिएर खाल्डोमा बजारिए खाल्डो दोषी । कुनै दिन खाल्डोले तारिख धाउनेछ । धाउँदाधाउँदै बुढो भएर थचक्क सिमेन्टको रुखमुनि बसेर उसले बडो दिक्दारी मान्दै भन्नेछ- दुइ साबेल माटै हालेका भए टालिइजान्थेँ, अल्फा जेनेरेसनकै थिएँ, आखिर ३५ वर्षअघिको खाल्डो पनि त होइन थेँ नि म । सडक चिल्लो होस् वा खस्रो । खाल्डो होस् वा भड्खालो । उसलाई सबैका नारा कन्ठस्थ छ ।
००
चस्मा यस्तो होस्, जसले अरूको दोष मात्र होइन, आफ्नो कमजोरी पनि देखाओस् । उसले बुझोस् ऐना पुछेर अनुहार सफा हुँदैन । जिम्मेवारी देखिन्छ भनेर चस्माले छोप्नै नपरोस् । विपक्षी चस्माले पनि आफूले गरे विकास, अरूले गरे प्रचार नभने । आफ्ना मन्तव्य दूरदृष्टि, अरूका मन्तव्य भ्रामक नभने । आफूले नियुक्ति गरे दक्षता, अरूले गरे भागबन्डा नभने ।

अघिल्ला चस्माहरूको अपार असफलतापछि अब त बजारमा दोषी चस्माको नयाँ मोडल पनि आएको छ—‘दोषी चस्मा २.०’। जसका तीनवटा विशेषता छन् । पहिलो- आफ्नो गल्ती देखिँदैन । दोस्रो- विरोधीको गल्ती हाइ डिफिनिसन (HD) मा देखिन्छ । तेस्रो- आफ्ना नियुक्ति वैधानिक र समयसापेक्ष हुन्छन्, अरूका नेपोकिड, भ्रष्ट, जुकाटसाइ ।

समय यस्तो नआओस् जहाँ दोषी चस्मा ३.० देख्नु र लेख्नु नपरोस् । अस्तु ।

०००
लेखक सिस्नुपानी नेपाल मकवानपुरको अध्यक्ष हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
नक्कल

नक्कल

सीताराम नेपाल
अनिकालमा धैर्य

अनिकालमा धैर्य

डा. छायादत्त न्यौपाने ‘बगर’
भलो चाहनेहरूको भिड

भलो चाहनेहरूको भिड

फित्काैली डटकम
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x