अमर अधिकारीचार खित्कौली
हाम्रो ममीले त झन खाना पकाउदापकाउँदै गर्दा जहिले पनि मोबाइलमा बेसार-तेल लागेको हुन्छ।
अमर अधिकारी ‘कीर्तिममानी’ :
(पसलबाट फर्किंदा दोबाटोमा दिदी-बहिनीको भेट भएपछि)
दिदीः आजकल तिमीले त साग र फर्सी मात्र किन्छयौ नि, अरु तरकारी किन्दैनौ, किन हो नि बहिनी?
बहिनीः अहिले बजारमा आलु महंगो छ, अरु तरकारीमा आलु नमिसाइ मिठो हुन्न, साग र फर्सीमा त आलु मिसाउनै पर्दैन नि दिदी, त्यै भएर हो।
१
(मासु पसल अगाडि दुई साथी भेट भएपछि)
महेशः आजकल तपाईँ त मासु पसलमा देखिनुहुन्न नि, साकाहारी बन्नुभो कि क्या हो।
नरेशः पहिले तलबले पुग्थ्यो र पो मासु किनिन्थ्यो, अहिले त तलबको आधा पेन्सन, त्यसैले खर्च कटौती गर्दा साकाहारी बनेको जस्तो पनि भयो। भएन त काइदा ?
२
(विद्यालय जाँदै गर्दा दुई विद्यार्थी)
समीरः हाम्रो ममीले त बढार्दाबढार्दै बीचबीचमा मोबाइल चलाउनु हुन्छ, कस्तो बानी बिगार्यो है मोबाइलले पनि ?
सम्राटः हाम्रो ममीले त झन खाना पकाउदापकाउँदै गर्दा जहिले पनि मोबाइलमा बेसार-तेल लागेको हुन्छ।
विराजः हाम्रो ममीले त झन नुहाउदानुहाउदै मोबाइल चलाउनुहुन्छ, बेलाबेलामा पानी पसेर बनाउदा खर्च नै बढ्ने भयो।
३
(एक विद्यालयको कक्षा चलिरहँदा)
शिक्षकः भन र राजु गणेशमान सिंह कुन पार्टीका थिए
विद्यार्थीः क्षेत्रपाटीका थिए सर।
४
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest










































