अमर अधिकारीचार खित्कौली
(साहित्यिक कार्यक्रममा कविता वाचन गर्ने क्रममा) कविः ….. अब म आफ्नो कविता वाचन गैरहेको छु। उद्घोषकः कविता वाचन गर्न उभिरहेको छु भन्नुस् न कविज्यू ! कहाँ गैरहेको छु भन्नुभाको ?

अमर अधिकारी ‘कीर्तिमानी’:
(खेतको फाँटमा मखमली र सुन्तलीको संवाद)
मखमलीः हैन, धान गोड्ने भनेर आको मान्छे त झार पो गोडिराखेकी छ्यौ त सुन्तली ?
सुन्तलीः ख्वै, हाम्रो देशमा उल्टो उल्टो बोल्ने चलन भएर त होला देश उभो नलागेको हो।
१
(टोलमा पहिलोपटक साथी भेट्न आएपछि)
आगन्तुकः यो टोलमा चमेराको घर कुन होला ?
टोलबासीः ख्वै, कुन हो ? मान्छेको नाम पनि चमेरा हुन्छ र ?
आगन्तुकः उहाँको नाम चन्द्र मेहर रावल हो, हतार भएकोले छोटकरीमा चमेरा भनेको।
२
(चिया होटलमा ग्राहक)
ग्राहकः सिमन्टी कुन पसलमा पाइन्छ होला साहुनी ?
साहुनीः सिमन्टी त होइन लेमन टी चाहिँ हाम्रो होटलमा पाइन्छ।
३
(साहित्यिक कार्यक्रममा कविता वाचन गर्ने क्रममा)
कविः ….. अब म आफ्नो कविता वाचन गैरहेको छु।
उद्घोषकः कविता वाचन गर्न उभिरहेको छु भन्नुस् न कविज्यू ! कहाँ गैरहेको छु भन्नुभाको ?
४
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest





































