ईश्वर पाेखरेलआधुनिक मजनु
त्यति गर्न सकिस् भने रजनी त दङ्ग पर्छे, पर्छे; अखबारले पनि तँलाई 'आधुनिक मजनु' भनेर फोटो छाप्छन् ।

ईश्वर पोखरेल :
“रजनीसँग बर्षौंबर्ष प्रेम गरियो । बिहे चै परिवारले खोजेकै केटीसँग गर्नु छ । रजनीका सामु साखुल्ले पनि हुनु छ । बडो अप्ठ्यारोमा परेको छु ।”
“घरवालाले रजनीसँग बिहे गरी दिएनन् भनेर टेलिकमको टावर चढ् न; टावर । हामी आएर तँलाई सम्झाए जस्तो गर्छौं; तैँले केहीबेर आनाकानी गरे झै गर्नू र होशियारीका साथ खुरूक्क तल झर्नू ।
त्यति गर्न सकिस् भने रजनी त दङ्ग पर्छे, पर्छे; अखबारले पनि तँलाई ‘आधुनिक मजनु’ भनेर फोटो छाप्छन् ।”
०००
Subscribe
Login
0 Comments
Oldest

































