साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओई मान्छे ! तँलाई सञ्चै छ ?

मोटरबाट निकालिएको मान्छे एक्लै सडकको छेउमा उभिएको थियो। जसले यो सबै देखेको थियो; नजिकै गएर बिस्तारै सोध्यो- “ओई मान्छे, तँलाई सञ्चै छ ?"

Nepal Telecom ad

ईश्वर पोखरेल :

गुड्दागुड्दैको मोटरको बोनेटबाट धुवाँ निस्कियो। एकैछिनमा आगो।

“दमकललाई फोन गर्!” रामप्रसाद चिच्यायो।

शुभलालले कतैबाट बाल्टिन खोजेर ल्यायो। श्रीचन्द्रले चापाकल हान्न थाल्यो– ‘छ्याक्, छ्याक्।’

सबैको ध्यान आगोमा थियो।

त्यही बेला भित्रबाट सानो आवाज आयो। ढोकामा हातले पिटेको आवाज। चन्द्रकला चिच्याइन्– “ओई! भित्र मान्छे छ! मान्छे निकाल्नुस् न!”

सबैको होस खुल्यो।

बुद्धिकृष्ण ढोका तान्न जाँदा हात पोलिएर पछि हट्यो। रमाले सारीको आँचलले ढोकाको ह्यान्डल समातेर तानिन्।

भित्रको मान्छे धुवाँले कालो भएको अनुहार लिएर निस्कियो। सकुशल।

दमकलको साइरन सुनियो। आगो लगभग सामसुम भइसकेको थियो।

त्यही बेला मोडर्न र तृप्तिहरू आइपुगे। हातमा मोबाइल तेस्र्याउँदै।

सबनमले सोधी – “अंकल, भिडियो कसले खिच्यो ? मलाई सेयर गर्नु न है।”

कसैले खिचेको रहेनछ।

भिडियो नपाएकोमा उनीहरूको अनुहारमा साँच्चै नरमाइलो देखियो : लाइक, कमेन्ट र भ्युजको एउटा राम्रो मौका गुमे जस्तो!

मोटरबाट निकालिएको मान्छे एक्लै सडकको छेउमा उभिएको थियो।

जसले यो सबै देखेको थियो; नजिकै गएर बिस्तारै सोध्यो- “ओई मान्छे, तँलाई सञ्चै छ ?”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x