धनराज गिरीयति पनि बुझ्दिन र म ??
कुरा बढी जान्नेले काम गर्दैन, काम नगरेपछि दाम आउन्न, लक्ष्मी पर पर, दुर्भिक्ष वर वर, आफूजस्तै टाटनारायण लागेर नि,म पनि हजुरकै दलको। मादलको। मादल = माग्ने दल !
धनराज गिरी :
म समय,मेरो प्रोफेसर आइपुगेको छ आफ्नो माइती,तीज मान्न। महागफास्टक फेला परे,एक पात्र, वरिपरिका स्रोताहरू निमग्न,गफ सुन्न, प्रोफेसर,मेरो प्रोफेसर ” बद्रीप्रसाद बुलिङेश्वर मेधावी आशुतोष बस्ताकोटी गिरोपाध्याय सौराहाश्री” चुपचाप, ७४ मिनेट ।” अरूको कुरा पनि सुन्नुपर्छ!” छोरीले सम्झाएकी। “बढी बोल्नहुन्न बा !” मलेखु निवासी ग्रन्थराम निर्दोष जीवन सुमनोपाध्यायको अनुनय। मान्यो,आज, बोलेन। “A wise man hears more than he talks!” यो पनि सम्झियो। अमल गर्यो। भरसक, हो भरसक काका सुतार कार्की मुगलाने, लाहुरेको कुरा पनि सुन्छ। सुन्ने त हो, के नोक्सान छ ? म समय, ती प्रवाचक, सबैको मन हर्ने मनोहरी, सर्वोपरि, के के, जोर के के का आफन्त! थाके बन्धु,कथारम्भ :
“दाजुलाई केही प्रश्न गर्नसक्छु ?” प्रोफेसर ।
“मज्जाले, प्रश्न गर्न पाउनु लोकतन्त्रको सर्वोत्तम गुण हो !” उनी, पाका, एम के।
“हजुरको घरमा कहिल्यै निशाचरको आगमन भएन,हो ?” प्रोफेसर ।
“मोही र दही बाहेक केही हुन्न, मेरो प्रवचन सुन्न किन आउने ?” उनी,दाजी।
“हजुरलाई चन्दाको फन्दाले पनि बेरेन, मुसाले पनि टेरेन, गौरवशालीले अनेक सोधेर केरेन, हो ?” प्रोफेसर ।
“कस्तो अन्तर्यामी, सञ्जय हो?वेदव्यास हो ? महाभारतको पाठक हो? ज्योतिषी कपिल अज्ञातको शागिर्द हो ? मिल्यो, मिल्यो, जोगीको घरमा सन्यासी पाहुना हुन किन आउने, टाट फर्किएको पब्लिक क्याम्पसमा जागीर खान किन आउने ? सही पकडे !” दाजी,जोर गौमाताको मालिक।
“सुन, हाटक, कार, लग्जरियस वस्तुको मूल्य सगरमाथामा पुगे पनि हजुरको परिवारलाई “छु मतलब !” लुतो न कन्याइ हो ?” प्रोफेसर ।
“ए प्रोफेसर अनुज, हेप्ने ? यति पनि बुझ्दिन म ? मलाई सुकुम्बासी बनाउन खोजेको होइन ? मलाई सुदामाको पगरी लगाइदिएको होइन ? हेप्ने ? यति पनि बुझ्दिन म ? अमीर नभए पनि जमीर छ ! भोको छैन। अजासु बजासु प्रोफेसर!बौद्धिकताको ओभर डोज!हो,मेरो जीवन दयनीय छ। म खुशी छु,सुखी छु।” उनी,दुर्वासा, नक्कली बने।
“हा हा हा,दाजी, कुरा बढी जान्नेले काम गर्दैन, काम नगरेपछि दाम आउन्न, लक्ष्मी पर पर, दुर्भिक्ष वर वर, आफूजस्तै टाटनारायण लागेर नि,म पनि हजुरकै दलको। मादलको। मादल = माग्ने दल !आजदेखि एकसाथ घण्टी बजाउने ! नमन दाजु !” प्रोफेसर ।
“मान्छे विदुर हो। गफपण्डित,मजस्तै ! भेटेर खुशी लाग्यो !” दाजी, नर्मल भए। कथा सकियो।
म समय,अब लाग्छु कावासोतीतिर।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































