साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन सर ? किन ?

"किन हावा ? किन दाह्री ? अरे उपकारी, प्रोफेसर साहेब सबै प्रोफेसरहरूको पनि गुरु, म त हिम्मत गर्दिन।" कार्की। वार्ता सकियो।

Nepal Telecom ad

धनराज गिरी :

चिया पसल, छन्नुराम चौधरी, इन्द्रराज चौधरी, सुखलाल चौधरीको आफ्नो जमीन, यतिखेर सत्यनारायण चौधरी, पसल, कृषि, सान्नानी खुशी चायवाली, म समय, यो बौद्धिकचोक, बैकुण्ठनगर, एक कथा बन्दै छ आज, प्रोफेसर हुनुहुन्छ। गफ चलिरहेको छ, मेरो प्रोफेसर ” अच्यूतअरुण आचार्य “प्रोफेसर” प्रा प्रा डा दिग्विजयराज धनराजेश्वर झुवानीश्री दयालुको मितवा,अनुरूप त्रिभुज। दयालु विदेश । गफारम्भ,कथारम्भ।

“हजुरको विचारमा अब के होला कार्की सर ?” हेमन्त गिरी।
“के हुने ? हिजोसम्मका अनायकहरूको हालत जे भयो त्यही हुन्छ।” केशवकान्त कार्की।

“अब त विवेक पुर्याए हुन्न ?” नारायण गाउँले लण्डिनियम।
“विवेक हुनेहरू जति जेट चढ्ने, अनि ?  यो यस्तै हो।” कार्की।

गफ चलिरह्यो। प्रोफेसर आयो। प्रोफेसर आएपछि कार्की टाप। यस्तो ४३ दिनसम्म भयो। यो कुरा पशुपति घिमिरेले ख्याल गरेको रहेछ। पुलुक हेर्यो प्यारडक्स नारायण अधिकारीको अनुहारमा। खप्न गाह्रो भयो पौने बुद्धलाई, बोल्यो,” कार्की सर,होइन प्रोफेसर आचार्य आएपछि हजुर भाग्नुको अर्थ के?उहाँ बालेन शाहजी र हजुर ओलीजी हो र ?” सत्यनारायण चौधरी, वासु, गोपी, सुषमा, लहना, सिखना मौन। कार्कीले सबैको अनुहार पढे ! सबै “अब के होला ?” को मूडमा भएजस्तो।

कार्की उवाच, “म केशवकान्त कार्की, “KKK” बास्सा ट्रायाल, उत्तम बाजेको सम्धी खनाल जस्तै,र प्रोफेसर साहेब” AAA” एक्का ट्रायल, अनि मेरो दाल गल्छ ? नजित्ने युद्ध लड्ने हो ? प्रोफेसर साहेब अजेय ! म त सक्दिन।”

“किन सर ? किन ? किन यस्तो ? यो त हावादारी कुरा भयो !” दिल निशानी मगर।
“किन हावा ? किन दाह्री ? अरे उपकारी, प्रोफेसर साहेब सबै प्रोफेसरहरूको पनि गुरु, म त हिम्मत गर्दिन।” कार्की। वार्ता सकियो।

म समय,अब झुवानीतिर लाग्छु।
०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x