साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तैउस्तै बन्नू तँ पनि

दुखाइ पनि आहा, कस्तो मीठो हो ? यस्तै होस् भने दुःख, बल्झनू तँ पनि अतलमा डुल्न आएको हो 'एमपी' पर्खिन आएको होस्, पर्खनू तँ पनि ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय ‘अतल’

सक्छस्, हँसिलो मुहारमा रहनू तँ पनि
सोच्दैछस् ? कि भनूँ कि नभनूँ तँ पनि

यो भन्दा बढी, दुख्नै सक्दिनँ म
विकल्प छैन केही, सहनू तँ पनि

फेरिफेरि आउँने छ आँधी-तुफान यहाँ
जहाँ सक्छस् त्यहीँ, अल्झनू तँ पनि

हावासँगै प्रेम, गर्नुछ भने तँलाई,
हावा सँग-सँगै, बहनू तँ पनि

बनि चढ़ें ताँदोमा, तीर बनी आफै
सक्छस् भने, चलाइदिनू धनू तँ पनि

उस्तैउस्तै बन्ने, दुनियाँको चलन छ
सोच्दै नसोची, उस्तैउस्तै बन्नू तँ पनि

दुखाइ पनि आहा, कस्तो मीठो हो ?
यस्तै होस् भने दुःख, बल्झनू तँ पनि

अतलमा डुल्न आएको हो ‘एमपी’
पर्खिन आएको होस्, पर्खनू तँ पनि ।

०००
लम्कीचुहा, कैलाली
दुई (२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x