साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल भगवान !

सुत्केरी आमा बाढीमा बगिन् दुधे बालक जोगाएर बोल भगवान बालक रोइरहेछ दुध चुसाउनु पर्ने !

Nepal Telecom ad

सुदन लुइटेल :

भगवान हुन्थे त महाबिपत्ति रोक्न अगाडि आउनु पर्ने
आफ्ना सन्तानहरुलाई अकाल मृत्युबाट बचाउनु पर्ने

सर्वब्यापी सर्बशक्तिमान सर्वज्ञानी चमत्कारी तिमी
हराएका सन्तानलाई भगवानले खोजेर ल्याउनु पर्ने !

मानौ ठुलाले पाप गरे अबोध बालबालिकाले के गरे ?
अनाथ बच्चाहरुलाई बिना कारण टुहुरो बनाउनु पर्ने ?

सुत्केरी आमा बाढीमा बगिन् दुधे बालक जोगाएर
बोल भगवान बालक रोइरहेछ दुध चुसाउनु पर्ने !

कैलाश यात्रा तिम्रै चरण छुन आएका होइनन् र भक्तहरु
दुखहर्ता पालनकर्ता भन्थे हराएकालाई तिम्ले जोगाउनु पर्ने !

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x