पदम भण्डारीमौका पाए महाराज हुन्छ
हिजो मौका नपाएर उ, गने भण्डारी थियो मौका पाए महाराज हुन्छ, शाही हुन्छ । शक्ति र पहूँचको खेल हो, हजुर यहाँ बाघको छालामा स्यालको, रजाई हुन्छ।
पदम भण्डारी :
भन अब उसलाई के, कारवाही हुन्छ
आफ्नाले गल्ति गरे पनि, वाहीवाही हुन्छ।१।
मुखैभरि दूध लाग्या बिरालो जस्तो
सोझो बन्छ अनि देउताको, गाई हुन्छ।२।
हिजो मौका नपाएर उ, गने भण्डारी थियो
मौका पाए महाराज हुन्छ, शाही हुन्छ ।३।
त्यहाँ पुगे पछि आफ्नै, दुनो सोझ्याउँछन्
अनि त सोझो रुखको पहिले, कटाई हुन्छ।४।
शक्ति र पहूँचको खेल हो, हजुर यहाँ
बाघको छालामा स्यालको, रजाई हुन्छ।५।
०००
चितवन
९८४९८१८८००
Subscribe
Login
0 Comments
Oldest





































