साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक हुन्

भीरमा पुगेको पशुलाई 'राम-राम' सम्म भन्न सकिन्छ काँध थाप्न सकिंदैन बरु त्यहि, भीरमा घचेट नागरिक हुन् ।

Nepal Telecom ad

पदम भण्डारी :

सबै नेपाली नेता जस्ता, लाग्ला यी सचेत नागरिक हुन्
त्यसको प्रभाव के पर्ला नसोच्ने, ती अचेत नागरिक हुन् ।१।

आफ्नो फाईदाका लागि, जे पनि गर्न तयार हुने
ती नागरिक हैनन् मासुभाते, झोले बजेट नागरिक हुन् ।२।

इमान र नैतिकता कहिल्यै, यिनको मथिंगलमा पसेन
सिद्धान्तलाई हावामा उडाइदिने, चङ्गाचेट नागरिक हुन् ।३।

आफ्नो स्वार्थका लागि आफ्नै आमा बेच्न तयार हुन्छन्
सत्ताको मोहमा पर्नलाई, सधैँ मरिमेट नागरिक हुन् ।४।

जनताको आशा र भरोसामाथि निर्मम प्रहार गर्ने,
विश्वासमा धारिलो छुरीले, गर्धन रेट नागरिक हुन् ।५।

देश बनाउने होइन, आफ्ने स्वार्थ पुरा गर्नलाई
भित्रभित्रै सेटिङ मिलाएर बस्ने, एउटा सेट नागरिक हुन् ।६।

भीरमा पुगेको पशुलाई ‘राम-राम’ सम्म भन्न सकिन्छ
काँध थाप्न सकिंदैन बरु त्यहि, भीरमा घचेट नागरिक हुन् ।७।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x