साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोशी नदीमा किन हाम फाले ?

छोराहरूको ऋणभार रोक्न आफैँ गरे निर्णय सास रोक्न ? सल्लाह यस्तै कि दिइन् मुमाले कोशी नदीमा किन हाम फाले !

Nepal Telecom ad

आत्माराम न्याैपाने :

खेलाउँदै पुत्र पनाति नाति
बाँच्नेछु पक्कै सय साल माथि
भन्ने हिजोसम्म उनै बुबाले
कोशी नदीमा किन हाम फाले !?१

भन्थे मुमासम्मुख साँझसम्म
जोडी हुनेछौँ अझ सात जन्म
बोकी मुमा आज बुई बुबाले
कोशी नदीमा किन हाम फाले !?२

देख्दा सधैँ सुन्दर शान्त बन्थे
आराम सन्चै छ सदैव भन्थे
आफ्नै खुशीले कि त वाध्यताले
कोशी नदीमा किन हाम फाले !?३

खर्ची सबै पौरखको कमाइ
पार्छौँ निको क्यान्सर रोगलाई
भन्ने सबैसामु उनै बुबाले
कोशी नदीमा किन हाम फाले !?४

छोराहरूको ऋणभार रोक्न
आफैँ गरे निर्णय सास रोक्न ?
सल्लाह यस्तै कि दिइन् मुमाले
कोशी नदीमा किन हाम फाले !?५

आफन्तको प्रेम र प्रीतिबाट
आशा तुह्यो राष्ट्रिय नीतिबाट ?
सोच्नै पर्‍यो आज सबै युवाले
कोशी नदीमा किन हाम फाले !?६

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
वृद्ध जोडी

वृद्ध जोडी

आत्माराम न्यौपाने
उनी (आमा)

उनी (आमा)

आत्माराम न्यौपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x