साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुलाउन थालेको रहेछु

जुन दिन मान्छेहरूले मलाई - तँ विद्वान् छस् भने खासमा त्यही दिनदेखि म बहुलाउन थालेको रहेछु । प्रेममा अन्धो भइसकेपछि मलाई के दिन के रात उनलाई अर्कैसँग भाग्न रातमा लालटिन बालेको रहेछु ।

Nepal Telecom ad

आत्माराम न्याैपाने :

अहिले थाहा भयो मैले हार्ने दाउ चालेको रहेछु
आमालाई सुरक्षा दिन सर्पजस्तो बाउ पालेको रहेछु ।

जुन दिन मान्छेहरूले मलाई – तँ विद्वान् छस् भने
खासमा त्यही दिनदेखि म बहुलाउन थालेको रहेछु ।

प्रेममा अन्धो भइसकेपछि मलाई के दिन के रात
उनलाई अर्कैसँग भाग्न रातमा लालटिन बालेको रहेछु ।

उनले मलाई प्रेम गरे पनि ठिक, नगरे पनि ठिक भन्दै
दिनैपिच्छे फाट्ने यो मन हजारौँपटक टालेको रहेछु ।

सुन शुद्ध बनाउन पगाल्नुपर्छ भन्ने सुनाएकी थिइन्
म मैन हो भन्ने बिर्सिएर आफैँलाई पगालेको रहेछु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
वृद्ध जोडी

वृद्ध जोडी

आत्माराम न्यौपाने
उनी (आमा)

उनी (आमा)

आत्माराम न्यौपाने
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x