साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवेला

कल्पिन्छु कल्पिन्छु म आज यस्तो मानौँ म हूँ पर्वतराजजस्तो गर्दै रहूँ ईश्वरको म गान होस् वृद्धवेला सुखको निसान ।

Nepal Telecom ad

आत्माराम न्याैपाने :

होस् आसनीमा मृगचर्म एक
वेदान्तको चिन्तन होस् सदैव
सन्ध्या त्रयी हुन् शिवकै समान
होस् वृद्धवेला सुखको निसान ।१

ज्योतिर्मय भाव मुहार चम्क्योस्
ज्ञानाग्निले भ्रू अनि नेत्र टल्क्योस्
वार्द्धक्यको अन्तिम सानमान
होस् वृद्धवेला सुखको निसान ।२

चोखो सुधापान सधैँ गरेर
नाचूँ शरीरीसँग एकफेर
यस्तो खुसीको नसुकोस् मुहान
होस् वृद्धवेला सुखको निसान ।३

लोभादि मोहादि बनून् विदीर्ण
अज्ञान भागोस् र बनोस् विशीर्ण
देखूँ सदा चेतनकै बिहान
होस् वृद्धवेला सुखको निसान ।४

कल्पिन्छु कल्पिन्छु म आज यस्तो
मानौँ म हूँ पर्वतराजजस्तो
गर्दै रहूँ ईश्वरको म गान
होस् वृद्धवेला सुखको निसान ।५

०००
(भक्तपुर बुढ्यौली साहित्यको समस्यामा)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रचनाकार
रचनाकार
3 months ago

हार्दिक आभार !

Nepal Telecom ad
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
वृद्ध जोडी

वृद्ध जोडी

आत्माराम न्यौपाने
उनी (आमा)

उनी (आमा)

आत्माराम न्यौपाने
1
0
Would love your thoughts, please comment.x
()
x