साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

चराको जोडीको उक्त नौलो प्रसङ्ग अझै सोची बस्ता हुन्छु केही झसङ्ग चरा देख्नासाथै आज सम्झिन्छु झन् झन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।

Nepal Telecom ad

आत्माराम न्यौपाने :

चरा आए जोडी साँझमा बोटबाट
मिठो बोली बोले चिर्बिरे कण्ठबाट
`तिमी सन्चै हौला, बाबु-आमा कसो छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ?´१

अनौठो झैँ लाग्यो प्रश्न यस्तो सुनेर
कसो छन् बा-आमा भन्न लागेँ गुनेर
डराए झैँ बोलेँ `सन्च छन् है ! ठिकै छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।´२

चरा उड्दै लागे बोटमै भुर्र भुर्र
सँगै हाँस्तै खेल्दै जिस्किँदै चिर्रबिर्र
चराका जोडी झैँ लाग्छ आमाबुबा छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।३

चराको जोडीको उक्त नौलो प्रसङ्ग
अझै सोची बस्ता हुन्छु केही झसङ्ग
चरा देख्नासाथै आज सम्झिन्छु झन् झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।४

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
उनी (आमा)

उनी (आमा)

आत्माराम न्यौपाने
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x