साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुशीलन नेपालद्वारा सार्थक कार्यक्रमको आयोजना

नवोदित लेखक प्रिता बल्लका दुई कृति अविचलित पाइला र एकालाप ऋतुहरूका बारेमा चारजना विद्वान्हरूले परिचर्चा गर्नुभयो भने निष्ठा बल्ल र नारायण झाले प्रिताको अन्तरङ्ग परिचय गराउनुभयो।

Nepal Telecom ad

भक्तपुर, २०८२ माघ १६ । अनुशीलन नेपालको आयोजनामा आज भक्तपुरमा प्रिता बल्ल : व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम सम्पन्न भयो।

ध्रुवप्रसाद बल्लको सभापतित्व र अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्राडा हिरण्यलाल ज्ञवाली हुनुहुन्थ्यो।

नवोदित लेखक प्रिता बल्लका दुई कृति अविचलित पाइला र एकालाप ऋतुहरूका बारेमा चारजना विद्वान्हरूले परिचर्चा गर्नुभयो भने निष्ठा बल्ल र नारायण झाले प्रिताको अन्तरङ्ग परिचय गराउनुभयो।

भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा कविता लुइटेल र विराट नेपाल भाषा गुठीका अध्यक्ष तथा अनुशीलन नेपालका प्रमुख सल्लाहकार महेन्द्रगोपाल कर्मचारीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी तथा भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेले एकालाप ऋतुहरूका बारेमा तथा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल र लेखक दीपक नेपालले अविचलित पाइलाका बारेमा विस्तृत परिचर्चा गर्नुभएको थियो।

अन्तमा प्राडा हिरण्यलाल ज्ञवालीले कार्यक्रममा प्रस्तुत परिचर्चाकारका विचारहरूको संश्लेषण गर्दै दुवै कृतिका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकारहरू नारायणप्रसाद किलम्बु, कृष्ण केसी लगायत ५० जनाको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा अनुशीलन नेपालका उपाध्यक्ष टिका श्रेष्ठ र सचिव नेत्र घिमिरेलगायतले व्यवस्थापनमा सहयोग पुर्याउनुभएको थियो।

०००
जीवनाथ अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x