सुदन लुइटेलनक्कली नैतिकता
बौलाएको साँडेलाइ घचेट्दै डाँडाको टुप्पोमा लगेर छोड्दा राम्रो आँखा देख्दैन बौलाएको बेला भिरबाट खसेर साँडेको हार हुन्छ ।

सुदन लुइटेल :
खेदिएको कुकुर पुच्छर लुकाएर अप्ठ्यारोमा कराउदै भाग्न लाचार हुन्छ
भित्री डर नदेखाइ बाहिर बनावटी आक्रोश देखाए बाँच्ने आधार हुन्छ
नैतिकहिन फटाहाले जिम्मेवारी नलिइ नक्कली नैतिकता देखाउन खोज्दैछ
जनताको नजरबाट अपराधी सिद्ध भएसि थोरै गल्ति स्विकार हुन्छ
हिजोसम्म जस्को खेदो खन्दै हिँड्ने मान्छे आज उसैसँग गठबन्धन !
कमजोर समयमा एउटा दुश्मनसङ्ग नमिले अर्को दुश्मनबाट प्रहार हुन्छ
नदी किनारका सुकुम्बासी गरिब गाउँलेका पार्टीहरुले भलाइ सोचेका रहेछन्
टावर नबनाइ नदीमा पुल बनाएको भए डुङ्गा चलाउनेको के व्यापार हुन्छ ?
बौलाएको साँडेलाइ घचेट्दै डाँडाको टुप्पोमा लगेर छोड्दा राम्रो
आँखा देख्दैन बौलाएको बेला भिरबाट खसेर साँडेको हार हुन्छ ।
०००
तीनथाना, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































