साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना गणतन्त्रको लियौँ

अब धर्म कतै नमानिने न कतै नैतिकता पढाइने धन जोर्न सके ठुलो हुने जति होस् पाप सबै पखालिने।।

Nepal Telecom ad

रमेश खकुरेल :

सपना गणतन्त्रको लियौँ
मन सिंहासनमा थलो दियौँ
तर दुष्टहरू पसे जब
हुन गो यो गनतन्त्र रौरव।।१

बिरुवा त थियो सुधामय
सुखको स्रोत हुने निरामय
भरियो जब लोभ आमय
जनको जीवन भो व्यथामय।।२

अनुशासन दण्डले हुने
जसले जीवन बाँध बाँधिने
यदि छैन समाजमा भने
कसरी नैतिकता बचाइने।।३

अनुशासनहीनता हुँदा
भरिएको छ समाजमा व्यथा
डर छैन जहाँ कसैसित
सब हेर्छन् निज मात्रको हित।।४

डर होस् अलि दण्डको कतै
करुणा भाव रहोस् जताततै
अनि नैतिकता र धर्म होस्
तब पो शान्ति समाजभित्र होस्।।५

अब धर्म कतै नमानिने
न कतै नैतिकता पढाइने
धन जोर्न सके ठुलो हुने
जति होस् पाप सबै पखालिने।।६

अब आस अरू कहाँ छ र
छ त यौटै जगदीशको भर
खुद मार्ग छली नदौडियौँ
शुभ होला यति ढुक्क भैरहौँ ।।७

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x