साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना गणतन्त्रको लियौँ

अब धर्म कतै नमानिने न कतै नैतिकता पढाइने धन जोर्न सके ठुलो हुने जति होस् पाप सबै पखालिने।।

Nepal Telecom ad

रमेश खकुरेल :

सपना गणतन्त्रको लियौँ
मन सिंहासनमा थलो दियौँ
तर दुष्टहरू पसे जब
हुन गो यो गनतन्त्र रौरव।।१

बिरुवा त थियो सुधामय
सुखको स्रोत हुने निरामय
भरियो जब लोभ आमय
जनको जीवन भो व्यथामय।।२

अनुशासन दण्डले हुने
जसले जीवन बाँध बाँधिने
यदि छैन समाजमा भने
कसरी नैतिकता बचाइने।।३

अनुशासनहीनता हुँदा
भरिएको छ समाजमा व्यथा
डर छैन जहाँ कसैसित
सब हेर्छन् निज मात्रको हित।।४

डर होस् अलि दण्डको कतै
करुणा भाव रहोस् जताततै
अनि नैतिकता र धर्म होस्
तब पो शान्ति समाजभित्र होस्।।५

अब धर्म कतै नमानिने
न कतै नैतिकता पढाइने
धन जोर्न सके ठुलो हुने
जति होस् पाप सबै पखालिने।।६

अब आस अरू कहाँ छ र
छ त यौटै जगदीशको भर
खुद मार्ग छली नदौडियौँ
शुभ होला यति ढुक्क भैरहौँ ।।७

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x