साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्र चर्चा

संस्थानमा दुर्गतिले धसाउनु, नौ मासको बोनस खान पाउनु पुगेन भन्दै जनता चुसाउनु, यै हो प्रजातन्त्र भने म के भनुँ ।

Nepal Telecom ad

रमेश खकुरेल :

आयो प्रजातन्त्र भनेर सुन्दछु,
जाला प्रजातन्त्र भनेर गुन्दछु
के हो प्रजातन्त्र कहाँ उदाउँछ,
कता पसी जान्छ कहाँ बिलाउँछ ।

आफ्नै कुरा मात्र सधैं फलाकनु,
कुरै अरूका नसुनेर काटनु
ढुंगा छ ऐना घरका फुटाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ।

सिन्को नभाँची अलमस्त हल्लिनु,
खेतै नरोपी खलिहान खोजनु
कालू कमा भालु उडा गराउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

चन्दा बटुल्ने चमचा जुटाउनु,
पार्टीपिछे एक रसीद काटनु
जो दिन्न उस्को तबला बजाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

पढाइभन्दा पनि टाइ लाउनु,
दुई तियाँ के कहिल्यै नआउनु
मैह्नै पिछे शुल्क भने बढाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

चुनावका लागि कलेज धाउनु,
लाटा र सोझा झगडा गराउनु
जाँचै नदी पास हुँ भन्न आउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

अनर्थले अर्थ निकै कमाउनु,
नाता कुटुम्बीसित धाक लाउनु
बिहे समै जन्मदिनै मनाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

संस्थानमा दुर्गतिले धसाउनु,
नौ मासको बोनस खान पाउनु
पुगेन भन्दै जनता चुसाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

झन् पातलो झन् महँगो बनाउनु,
अजीर्णले छुन्न भनी फकाउनु
सम्साँझमा नै बिजुली निभाउनु,
यै हो प्रजातन्त्र भने म के भनुँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x