साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- ४९

फोन राख्नु अघि मैले थपेँ, “बासुदेव सर, एनआरएनएका नेताहरू प्रवासका नेपाली तथा नेपालको हितभन्दा आफ्नो औँलो बङ्याउन र दुनो सोझ्याउन मात्र नेता भएका हुन्।”

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

भटाभट पार्टीहरूका घोषणापत्र, वाचापत्र, करारपत्र, प्रतिज्ञापत्र, कसमपत्रहरू बजारमा सित्तैमा आइरहेका छन्। अघिल्लो चुनावमै लेखिएका/बोलिएका कुरालाई चिट्टिक्क मिलाएर, पालिस गरेर, फूलबुट्टा भरेर, जनता झुक्याउने ललिपप थपेर ती पत्रहरू आइरहेका छन्। पढ्दापढ्दै वा सुन्दासुन्दै रामराज्य बन्ने खालका यस्ता पत्रबाट कल्पनामा भने चरम आनन्द लिन सकिन्छ।

घरघरमा ग्यास लाइन, कोठाकोठामा वाइन। हरेकलाई रोजगारी, नवदम्पतीलाई कोट–सारी। बिद्धुत सेवा सबैतिर, गरिबलाई मासुभात र खिर। ए बाबा हो, यिनीहरूले पाँच वर्षमै संसारकै उच्च विकसित देश बनाउने गरी पत्र सार्वजनिक गरेका छन्। पार्टी–पार्टीका पत्र मात्र होइन, हरेक उम्मेदवारका यस्तै प्रेमपत्रले मतदाता कति प्रेममा पर्ने हुन्, हेर्न बाँकी छ।

घोषणापत्रमा गर्ने कुरा मात्र होइन, नगर्ने कुरा पनि समेटिएको पाइयो। गगनले बाख्रापालन नगर्ने, रविले सहकारीको सदस्यसँग संगत नगर्ने, बालेनले राति स्टाटस नलेख्ने, हर्कले हरियो चिया नपिउने, ऋषिले साइकल नचढ्ने, अमरेशले ज्यान नफाल्ने, आशिकाले पिसाब गर्दै गरेका युवा नखोज्ने, रवीन्द्रले दुर्गासँग संगत नगर्ने …

यी सबैखाले पत्र पढिसकेपछि ‘नागरिकता खोइ’ अभियानका प्रमुख बसुदेव सुवेदीले फोन गरेर भन्नुभयो, “अर्जुन जी, रास्वपाले चाहिँ वंशजको नागरिकता निरन्तरताको कुरा उठाएछ है।”

मैले भनेँ, “बासु सर, तपाईंको प्रयासले केही सफलता पाएको छ। वंशजको नागरिकता निरन्तर रहे प्रवासमा रहेका नेपालीभन्दा नेपाललाई बढी फाइदा हुन्छ भन्ने कुरा बुझाउन नछोड्नुहोला।”

उहाँले थप्नुभयो, “खै अर्जुन जी, ‘अमेरिकी दलाल’ भनेर आफ्नै देशबाट (मातृभूमिबाट) निकाल्लान् कि भन्ने डर लाग्छ। नागरिकताबारे अहिले सबैभन्दा कुरा नबुझ्ने नै एनआरएनएका नेताहरू हुन्।”

फोन राख्नु अघि मैले थपेँ, “बासुदेव सर, एनआरएनएका नेताहरू प्रवासका नेपाली तथा नेपालको हितभन्दा आफ्नो औँलो बङ्याउन र दुनो सोझ्याउन मात्र नेता भएका हुन्।”

०००
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी अमेरिका’ का परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४७

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x