साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम अस्त्र

पैसा बाँड्ने, मासु–भात खुवाउने, बुथ कब्जा गर्ने हर्कत गरेर चुनाव जित्नुभन्दा यस्ता सुन्दर अस्त्र प्रयोग गर्नु सबै उम्मेदवारका लागि हितकर छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क)

नेपका हेमालेका अध्यक्ष होली बाले अन्तिम अस्त्र प्रयोग गरेका कारण चुनाव जित्ने सुनिश्चित भएको छ। औपचारिक परिणाम आउन त केही समय लाग्ला, तर आभ्रआस (आधा भ्रम, आधा सत्य) ब्युरोले आन्तरिक रिपोर्ट प्राप्त गरिसकेको छ।

हाहु पार्टीका वरिष्ठ नेता झापा १५ जाने भएपछि सम्पूर्ण युवा–युवती तिनैका पछि लागे। तिनैका कुरा सुनेर बुढाबुढी पनि र्‍याप गाउँन थाले। “म नेपाल हाँसेको हेर्न चाहन्छु” भन्न थाले । परिणामस्वरूप हाहु पार्टीका वरिष्ठ नेताले हेमालेका अध्यक्ष होली बालाई चुनाव हराउने आँकलन गरिएको थियो। तर होली बाले अन्तिम अस्त्रका रूपमा जिम्मल बाउकी छोरीलाई जब झापा क्षेत्र नं. १५ मा उतारे, त्यसपछि त्यहाँको माहोल एकाएक फेरियो।

हरेक मान्छेको अनुहारमा सूर्यको चमक देखियो। सूर्य अस्ताएको बेला पनि जिम्मल बाउकी छोरीको अनुहारको चमकले नै झापा १५ उज्यालो भयो। त्यसमा पनि रवि भुँडेलको प्रभाव यसै पनि बनिरहेको बेला अन्तिम अस्त्र जिम्मल बाउकी छोरीको वस्त्र पनि बन्यो। वस्त्रको व्याख्या अहिले गर्न नलागौं; बरु बाले हारे मानिसको गोबर नै खाने रवि भुँडेलको भिडियो भने अहिले व्यापक चर्चामा छ।

हेमालेका बाले चुनाव जित्ने कुराले सम्पूर्ण जेन–जी भाइबहिनीहरू उत्साही छन्। अबका गृहमन्त्री उनै मयस कम्रेड हुने पक्का भयो। एक वर्षमा जलेका संरचना बनाउने घोषणापत्रमा नै उल्लेख गरिएको छ, त्यो पनि ढुक्क भयो। अब नेपाल हाँसेको हेर्न चाहनेहरूले बाको आगामी कार्यकालको शुभकामना दिन तयार भएर बस्नुहोला।

जे होस्, चुनाव जित्न उम्मेदवारले अनेक तिक्डम गरे पनि बाले भने अन्तिम अस्त्रका रूपमा जिम्मल बाउकी छोरीको वस्त्रलाई प्रयोग गरे। पैसा बाँड्ने, मासु–भात खुवाउने, बुथ कब्जा गर्ने हर्कत गरेर चुनाव जित्नुभन्दा यस्ता सुन्दर अस्त्र प्रयोग गर्नु सबै उम्मेदवारका लागि हितकर छ।

०००
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी अमेरिका’ का परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४७

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x