साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अबसुखीकरण कार्यक्रम:

योगा सेसनमा कोट–पाइन्ट लगाएर जाने सज्जनहरूलाई भने अनुशासनको कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपाल नयाँ राजनीतिक र सामाजिक परिवेशमा प्रवेश गर्न लागेको आभास भएको छ। यसै सिलसिलामा दुई तिहाइमा दुई कम भएको पार्टीले अबसूखीकरण कार्यक्रम सञ्चालन गर्‍यो, जसमा धेरैका हँसिला अनुहार देख्न पाइयो।

सो कार्यक्रमको समापन नजिकिँदै गर्दा ‘रै लाम्छाने दाइ’ले ३१ मिनेट ३२ सेकेन्ड लामो भाषण गरे। उनले आफ्ना नयाँ र कोरा साथीहरूलाई कसरी खाने, बस्ने, उठ्ने र सुत्ने भन्ने विषयमा समेत निर्देशन दिए।

हरियो सागसब्जी खान, धेरै पानी पिउन, खसीमा बढी बोसो हुने भएकाले बोकाको मासु खान कडा निर्देशन दिए। बस्दा थचक्क नबस्न, कुर्सीभन्दा पिरा वा मुढामा बस्न, आठ–दस तारे होटलभन्दा भञ्ज्याङ र चौतारी रोज्न तथा राडि-गुन्द्रीमा सुत्नसमेत आदेश दिए। ढोकाभित्र पस्दा टाउको झुकाएर छिर्न, नत्र तालु चोइटिन सक्ने भन्दै सचेत गराए।

हाँसिका तामाङलाई पिसाब गरिरहेका केटाहरूको पछि लाग्नुभन्दा सार्वजनिक शौचालय बनाउन निर्देशन दिए। सुनले सजिएर कार्यक्रममा पुगेका सुनुवारलाई गुरुको सम्मान गर्न निर्देशन दिए भने भुतपश्चिम मन्त्री खरेललाई आफू चढ्ने गाडीको ढोका आफैं खोल्न ठाडो आदेश दिए। सुध्रन सुरुङलाई संविधान पढ्न र गरिमा बी.क.लाई विधान अध्ययन गर्न पनि सभापतिले निर्देशन दिएका छन्। योगा सेसनमा कोट–पाइन्ट लगाएर जाने सज्जनहरूलाई भने अनुशासनको कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

वरिष्ठ नेता पनि कार्यक्रममा जाने योजना थियो, तर बाटो चिल्लो नभएको, घाम चर्को लागेकोले कालो चस्मा बिग्रन सक्ने सम्भावना र राखिएको चिया विदेशबाट ल्याइएको कारण नगएको स्रोतले बताएको छ।

०००
(“आधा सत्य आधा भ्रम” व्यंग्य लेखक दाहाल नुन चिनी पानी, अमेरिका, का परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४७

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x